चिनियाँ राष्ट्रपतिले भने -संविधान कार्यान्वयनका लागि आन्तरिक एकता होस

चीनका राष्ट्रपति सी जिनपिङले नेपालमा गतबर्ष जारी भएको संविधानको कार्यान्वयनका लागि आन्तरिक एकता आवश्यक रहेको बताएका छन् ।
ब्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा आएका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा चिनियाँ राष्ट्रपतिले यस्तो धारणा राखेका हुन । भेटमा प्रधानमन्त्री दाहालले नेपालमा जारी भएको संविधानको चीनले गतवर्ष स्वागत गरेकोमा खुसी प्रकट गर्दे धन्यवाद ज्ञापन गरेका थिए । आजको कान्तिपुरमा खबर छापिएको छ । ‘चिनियाँ राष्ट्रपतिले आन्तरिक एकतामा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले केही आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दे सरकार संविधान कार्यान्वयनमा लागेको जानकारी गराउनुभयो,’भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण कान्तिपुरसँग भने ।विशेषतः मधेसवादी दलहरुले संविधानको सन्दर्भमा असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
दाहाल र चिनियाँ राष्ट्रपतिबिचको भेटमा नेपाल,भारत र चीनको त्रिदेशीय साझेदारीको सन्दर्भमा समेत छलफल भएको छ । चीनले अगाडि बढाउन चाहेको यो अवधारणासँग प्रधानमन्त्री दाहाल पनि सहमत छन् । भारतले यो अवधारणालाई रुचाएको छैन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई