शशांक फेरि बोले हिन्दूराष्ट्रका पक्षमा

कांग्रेस महामन्त्री डा। शशांक कोइरालाले धर्मको विवाद टुंग्याउन जनमतसंग्रह उपयुक्त विधि भएको बताएका छन् । हिन्दू राज्य कायम गर्न जनमतसंग्रहको माग बढ्नु सकारात्मक रहेको उनको भनाइ छ ।
‘मलाई लाग्छ, यो इस्यु९हिन्दूराष्ट्र० अहिले उठेको छैन । तपाईंहरूले हिन्दूधर्मको विषयमा सोधिहाल्नुभयो । न कुनै धर्मसापेक्ष हुन्छ न कुनै धर्मनिरपेक्ष नै हुन्छ । न कुनै धर्म शून्य हुन्छ । धर्म त स्वतन्त्र हुन्छ । कम्युनिस्टले धर्मको शून्यताको कुरा गर्छन् । तर, कांग्रेसले धार्मिक स्वतन्त्रता भन्दै आएको हो,’ नेपाल प्रेस युनियन चितवन शाखाले शनिबार गरेको पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री कोइरालाले भने, ‘यो मेरो व्यक्तिगत धारणा हो । तर, धर्मनिरपेक्षताको विषयमा उठेको विवाद टुंग्याउने उपयुक्त विधि जनमतसंग्रह नै हो ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई धर्मनिरपेक्षतामा जानुपर्ने बाध्यात्मक अवस्था आइपरेको पनि शशांकले बताए । आफू जनमतसंग्रहकै पक्षमा भए पनि यसलाई पार्टीले कसरी लिन्छ र धारणा बनाउँछ भन्ने पार्टीकै विषय भएको उनले बताए । आफू हिन्दु बाहुल्य क्षेत्रबाट चुनाव लडेको भन्दै उनले हिन्दु राज्यप्रति सबै ‘लोयल’ भएकाले आफू पनि लोयल भएको बताएका थिए । तर, संविधान कार्यान्वयन गर्न नसके मुलुक थप समस्यामा फस्ने उनको भनाइ थियो ।

कांंग्रेसले औपचारिक नीति नबनाए पनि हिन्दु राष्ट्रका विषयमा अभिव्यक्ति दिने नेता डा। शशांक १३औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भए । अर्का नेता शेखर कोइराला २५ खुल्ला केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए । हिन्दु राज्यकै अभियान चलाएका नेता खुमबहादुर खड्का पनि २५ खुला केन्द्रीय सदस्यमा दोस्रो धेरै मत ल्याएर निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा