सडक मर्मत नहुँदा यात्रुलाई सास्ती, दोबिल्ला फलेबास सडक पार गर्न पाँच घण्टा
पर्वत , नेपालीहरुको महान पर्व बिजयादशमी र दिपावली आगाबै पर्वतका २४ वटा ग्रामीण सडक मर्मत हुँन नसक्दा दसैंमा घर पुग्ने र फर्कने यात्रुले ठुलो सास्ती खेपेका छन ।
दसैं अघि नै सबै सडक मर्मत गर्ने भनिएपनि जिल्ला बिकास समिति र ठेकेदारका बिचमा ढिलो सम्झौता भएको तथा बर्षा नरोकिएका कारण सडक मर्मत नहुँदा यात्रुले सास्ती खेपेका हुन ।
सडक मर्मत नभएपछि पर्वतका अधिकाँश ग्रामिण सडक दसैंमा सञ्चालन हुन सकेनन भने सञ्चालनमा आएका सडकमा पनि यात्रुले सास्ती खेप्न बाध्य भए । सबैभन्दा बढी यात्रु चल्ने दोबिल्ला –फलेबास सडकमा हिलोमा सवारी साधन रोकिदाँ पाँच घ(टा सम्म यात्रुले सडक पार गर्न समय लागेको दुःखेसो पोखेका छन । सडकको एकोहोरेपाखा जंगलमा हिलोमा चार पाँच घण्टा सम्म सवारीका साधन फस्ने र निकाल्नका लागि डोजर र ट्याक्टर प्रयोग गर्नुपर्ने अवस्था आएपछि सबैभन्दा बढी सास्ती खेप्नु परेको यात्रु यामप्रसाद शर्माले बताए । ‘दशैंमा यति धेरै दुःख पाएर घर जानु परेको थिएन’ उनले भने ‘बस जान्छ भनेर कुरेर बस्यो, हिँडेर पुग्ने समयमा पनि हिलोमा नै रोकिनु प¥यो’
सवारी साधनहरु सबैभन्दा बढी दोबिल्ला फलेवास सडकमा फसेका कारण बिग्रेका छन । पटक पटक मर्मत गर्दा सवारी साधनले खर्च पनि उठाउन नसकेको पर्वत यातयात ब्याबसायी समितिका महासचिब सुर्वण अर्यालले बताए । ‘समयमा सडक मर्मत नहुँदा यात्रु, ब्यबसायी सबैले ठृुलो मर्का बेर्होनु परेको छ’ उनले भने ‘दसैं जस्तो पर्वमा पनि लापाबार्हीं हुनु दुःखद कुरा हो’ धेरै सडक मर्मत नहुँदा बर्षा याममा घरमै सवारी साधन थन्काउनु परेको पिडा ब्याबसायीलाई छ भने दसैं लागेपछि पनि चलाउन नपाउँदा थप समस्या भएको छ। नियमित रुपमा गाडीका किस्ता तिर्न समेत कठिनाई भएको छ ।
जिल्लाको सदरमुकाम कश्माबजारबाट सवै गाविसमा पुग्न सकिने २४ वटा सडकलाई छनौट गरी दशै अगावै संचालन गर्ने तयारी भए पनि बिभिन्न कारणले समयमा काम सम्पन्न गर्न नसकिएको जिल्ला बिकास समितिले जनाएको छ। सडकलाई आकस्मिक रुपमा मर्मतका लागि १५ लाख ६२ हजार रुपैया बिनीयोजन गरिएको छ । चाडवाड मनाउनका लागि बाहिरबाट गाउँमा आउने सर्वसाधारणहरु सवारीसाधान मार्फत नै गन्तव्यमा पुग्न सकुन भनेर आकस्मिक रुपमा मर्मत गर्न गर्ने परम्परा यस पटक लागु हुन सकेन । दशै अगाव वारीवेनी–माझँफाँट–लेखफाँट, मिलनचोक– रातामाटा– भोटेडाँडा, मिलनचोक –सल्यान –घाखेत, खनियाँघाट– नाङलीङ, अर्मादी–भाटेवारी–बनौ, कुश्मा–हलहले सडक मर्मत गर्ने तयारी थियो । त्यस्तै पातीचौर–बाजुङ–क्याङ, पातीचौर–मैदान–लप्सिबोट, मैदान–देउपुर–पुर्णगाउँ, डिमुवा–दराक–चित्रे सडक पनि मर्मत गर्ने सडकको सुचीमा थिए ।
त्यसैगरी हिलेखोला–कार्कीनेटा–लुंखु दोविल्ला– पकुवा– गंगटे– आर्थर, पकुवा–छाप–राम्जाठाँटी पनि मर्मत गरिदै छ । सिल्मी–ठुलीपोखरी–कार्कीनेटा, साईकलचोक–चुचुनदेउराली–थापाठाना–भँगरा, मुडिकुवा–झकलक–कुर्घा–लुंखु, पनि मर्मत गर्न ठेक्का आब्हान गरिएको थियो ।
उता दक्षिण क्षेत्रका लुंखु–ज्यामीरे–हुवास, लुंखु– पैंयुभन्ज्याङ–होश्राङ्दी, लुंखु–बालाकोट–दह, चिसापानी–हुवास–वहाकी–बर्राचौर र डुड–मैदान बेउलीवास, उरामपोखरा–वहाकीभन्ज्याङ, अर्नास–टकलाक सडक मर्मतका लागि टेण्डर आव्हान गरिएको जिल्ला बिकास समितिले जनाएको छ। चिसापानी –हुवास सडक र त्यस वरपरका केही सडकमा बाहेक दक्षिणमा राम्रो संग यात्रुले सवारी चढ्न पाएनन । मिलनचोक – देखि शालिजा सम्म, कुस्मा देखि दुर्लुङ्ग सम्म र डिमुवा देखि चित्रे सम्म केही मात्रामा सवारी चलेका थिए । कुस्मा देखि हुवास र रानीपानी सम्मको सडकमा सवारी नचल्दा सबैभन्दा बढी यात्रुले सास्ती खेपेका थिए ।
पोखराघटीघटाउँमा ठेक्का लिँदा कमिसन बाँड्न नपाउँने भएपछि ठेक्का सम्झौतामा ढिलाई हुँदा सडक मर्मतको ठेक्का सम्झौता भएको थिएन । जिल्ला बिकास समितिले आब्हान गरेको टेण्डरमा कम अंक कबोल गर्ने निर्माण ब्याबसायीलाई सम्झौता गर्न अवरोध गरिएपछि मर्मतको काम रोकिएको हो । २१ प्रतिशत कममा टेण्डर भरेको निर्माण ब्याबसायीलाई सम्झौता गर्न दिइएको थिएन । त्यसरी कम अंकमा सम्झौता हुँदा अन्य निर्माण ब्याबसायीले रकम बाँडफाँड गरि लिन नपाउने भएकाले कम दोस्रो कम रकम बोल्ने लाई सम्झौता गराउन दबाब दिएका थिए ।