देउवा र ओलीको एउटै बोली ‘सहमतिमै संविधान संशोधन हुन्छ’

 

fff-e1476529841165२९ असोज । नेकपा (एमाले)ले हरेक वर्ष जस्तै यो वर्ष पनि दसैँ, तिहार र छठको अवसर पारेर चियापान कार्यक्रमको आयोजना गरेको छ । एमाले मुख्यालय नजिकै रहेको शंखपार्कमा आयोजना गरेको त्यस कार्यक्रममा विभिन्न दलका नेता, कुटनीतिक क्षेत्रका व्यक्तिहरु, कलाकार, विदेशी पाहुना, सञ्चारकर्मी, व्यपारी र सर्वसाधारणको भीड लागेको थियो ।

मध्यान्ह १२ बजेदेखि दिउँसो तीन बजेसम्मका सञ्चालन भएको कार्यक्रममा पार्टी अध्यक्ष एव्म पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन हचुवाका भरमा गर्न नसकिने दाबी गरे । चियापान कार्याक्रममा निम्ता गरिएका कांग्रेस सभापति शेरबहादुर देउवालाई छेउमै राखेर ओलीले भने– ‘हामी कसैप्रति पनि पूर्वाग्रही छैनौँ । संविधान बनेको १३ महिना भयो । यो गतिशील दस्तावेज भएकाले आवश्यकता हेरेर संशोधन गर्न सकिन्छ ।’

ओलीले त्यसो भन्दा छेउमै बसेका देउवा मुस्कुराएका थिए । देउवाले पनि सहमतिकै आधारमा संविधान संशोधन गर्न सकिने बताए । सञ्चारकर्मीले चैतमा स्थानीय निकायको निर्वाचन संभव छ त भनी गरेको प्रश्नमा देउवाले भने–‘निर्वाचन हुन्छ,हुन्छ, हुन्छ ।’ देउवाले त्यसो भन्दा ओली पनि मुस्कुराएका थिए ।

देउवा र ओलीलाई एकै मञ्चमा देखेपछि सञ्चारकर्मीहरुले ओलीलाई सार्वजनिक कार्यक्रममा कांग्रेसलाई अघाएको बाघ भनी गरेको आलोचना बारे प्रश्न गरेका थिए । सञ्चारकर्मीको प्रश्नमा ओलीले भने–‘यहाँ आज बसै दलका नेतालाई निमन्त्रणा गरिएको छ, म कसैको पनि ओलोचना गर्दिन ।’ उनले त्यसो भने पनि कांग्रेसलाइृ व्युँझाएको भनी थोरै आलोचना गर्न भने छुटाएनन् ।

एमालेकै निम्तो मान्न शंखपार्क पुगेका नयाँ शक्ति पार्टीका संयोजक बाब्ुराम भट्टराईले संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुखको व्यवस्थालाई पनि समावेश गर्नुपर्ने बताए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमतिको वातावरण नवनेको भन्दै संविधान पुर्नलेखन हुनु पर्ने पार्टीको प्रष्ट अडान रहेको दाबी गरे ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी