नेपाली महिला क्रिकेट टोली एशिया कपका लागि छनोट

926991221womens-cricket-jpg

२९ असोज, काठमाडौं । आइसीसी महिला विश्वकप क्रिकेटको एशियाली छनौटको उपबिजेता बनेको नेपाली टोलीले एशिया कप क्रिकेट खेल्ने निश्चित भएको छ ।

एशियाका चार टेष्ट टोलीसँगै नेपाल र थाइल्याण्डले सन् २०१६ को अन्तिममा थाइल्याण्डमा तय भएको एशियाकप खेल्ने भएका हुन् ।

समूहको अन्तिम खेलमा चीनलाई हराउँदै नेपाल समूह उपबिजेता बनेको हो । अर्को खेलमा समूह बिजेता थाइल्याण्डले हङकङलाई हरायो ।

हङकङको मिसन रोड मैदानमा चीनले दिएको ८६ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको लागि नेरी थापाले २२ र सीता रानामगरले २० रन बनाइन् । कप्तान रुविना क्षेत्री १० रनमा अविजित रहिन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको चीनले २० ओभरमा ७ विकेट गुमाएर ८५ रन बनायो । चीनका लागि ओपनर जोउ मियाओले १८ र फेङफेङ सोङले ३४ रन बनाउनुबाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ नेपाली कप्तान रुविना क्षेत्रीले ४ ओभरमा १० रन दिएर २ विकेट लिइन् । त्यस्तै निर्मला कुमारी र करुणा भण्डारीले पनि १र१ विकेट लिए । रुविना म्यान अफ द म्यान चुनिइन् ।

महिला विश्वकपको एशियाली छनौटमा हङकङ र चीनलाई पछि पार्दै नेपाल ६ अंकसहित समूह उपबिजेता बनेको हो । समूहमा ६ मध्ये पाँच खेलमा जित हासिल गरेको थाइल्याण्ड समूह बिजेता बन्दै विश्वकप छनौटमा पुगेको छ ।

नेपाल भने ६ मध्ये तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित समूह उपबिजेता बनेको हो । नेपालले चीनलाई दुवै खेलमा हराएको थियो भने हङकङबिरुद्ध १ जित निकालेको थियो । हङकङ र चीन भने विश्वकप र एशियाकप दुवैबाट बाहिरिएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’