झलनाथ खनाल नयाँ प्रतिष्ठान खोल्ने अभियानमा

एमाले वरिष्ठ नेता झलनाथ खनाल पार्टीको स्वतन्त्र नीति अनुसन्धान प्रतिष्ठान निर्माणमा सक्रिय छन् । केन्द्रीय कमिटीले डेढ वर्षअघि दिएको जिम्मेवारीअनुसार खनाल ढिलोगरी प्रतिष्ठान निर्माणमा सक्रिय बनेका हुन् ।अध्यक्ष केपी ओलीबाहेक एक सय ८३ केन्द्रीय नेता भूगोल र विभागीय काममा सक्रिय रहे पनि लामो समय बित्दा पनि खनालले पाएको जिम्मेवारीअनुसार प्रतिष्ठानले आकार ग्रहण गरेको थिएन । त्यसलाई निष्क्रियता या असन्तुष्टिको अर्थमा एमालेभित्र चर्चा हुन थालिरहेकै वेला खनाल दीर्घकालीन मार्ग्निर्देशन गर्न सक्ने प्रतिष्ठान निर्माणमा सक्रिय बनेका्े समाचार आजको नया पत्रिका दैनिकले छापेको छ । ।
१३ चैत २०७१ मा बसेको स्थायी समिति बैठकले खनाललाई प्रतिष्ठानको प्रमुख र केन्द्रीय सदस्य प्रमेश हमाललाई उपप्रमुखको जिम्मेवारी दिएको थियो । खनालले प्रतिष्ठान गठनसम्बन्धी कार्य्विधिको प्रस्ताव तयार गरेर स्थायी समितिमा बुझाएका छन् । पार्टीले त्यसलाई पारित गरेपछि प्रतिष्ठानले पूर्ण आकार ग्रहण गर्नेछ । उपप्रमुख हमालले नेता खनाल प्रतिष्ठानलाई आकार दिन सक्रिय रहेको र दसैँ–तिहारलगत्तै गठन भइसक्ने बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना