आश चिनियाँ राष्ट्रपनि आउने विश्वास
चिनियाँ राष्ट्रपति सी जिनपिङले केही महिनाभित्रै नेपाल भ्रमण गर्ने्विश्वास सरकारले व्यक्त गरेको छ । परराष्ट्रमन्त्री डा प्रकशशरण महतले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी राष्ट्रपति सीले केही महिनामै नेपाल भ्रमण गर्नेमा सरकार विश्वास रहेको बताएको समाचार आजको कान्तिपुरले छापेको छ ।
‘हामी भारतको गोवामा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न नेपाल तयार रहेका सन्देश पुनः दिनेछौ,’पत्रकार सम्मेलनमा महतले भने,‘नेपाल सधैं छिमेकी राष्ट्र तथा सरकार प्रमुखहरुलाई स्वागत गर्न तयार नै छ ।’
ब्रिक्स सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री महत सहितको टोली शनिबार त्यसतर्फ प्रस्थान गर्देछ ।