अब १२ बर्षमा नभेटिएमा मृत घोषित गरिने

प्रस्तावित देवानी कानुनको मस्यौदामा कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता भए मृत घोषित गर्न सकिने प्रावधान राखिएको छ ।कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता भएमा वा सुचना पाउनुपर्ने व्यक्तिले १२ वर्षदेखि व्यक्तिका बारेमा कुनै सुचना नपाएमा मृत्यु भएको मानिने व्यवस्था गरिएको हो । देवानी कानुनको संसोधन र एकीकरण गर्न बनेको विधेयकमा केही विशेष अवस्थामा भने बेपत्ता भएको व्यक्तिलाई १२ वर्षभन्दा कम उमेरमै मृत घोषणा गर्न सकिने व्यवस्था भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘असी वर्ष उमेर पुरा भएको व्यक्ति भए ५ वर्षमा, युद्धस्थलमा खटिएके व्यक्ति भए युद्ध सकिएको चारवर्षमा र दुर्घटना भएको वायुयान, पानीजहाज या अन्य सवारी साधन भए दुर्घटना भएको तीन वर्षमा मृत्यु भएको मानिने छ,’ संसदको विधायन समितिले तयार पारेको विधेयकमा उल्लेख छ ।
कुनै व्यक्तिको दुर्घटनामा परि मृत्यु भएमा र अर्को व्इक्ति जीवित फेला नपरेमा उसलाई समेत मृत घोषणा गर्नसक्ने व्यवस्थाको प्रस्ताव छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’