प्रधानमन्त्री दाहाल गोवा प्रस्थान, चिनियाँ राष्ट्रपति सिसँग आजै भेटवार्ता हुने, पुटिन र मोदीसँग पनि भेटवार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी हुन १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहान भारत प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्ररसरकार प्रमुखको बैठक एवम् ब्रिक्स विमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

k|wfgdGqL k'iksdn bfxfn k|r08 ef/tsf] uf]jfdf x'g] la|S; ;Dd]ngdf ;xefuL x'g hfg nfUg' ePsfn] lqe'jg ljdfg:yndf labfO ub}{ pkk|wfg tyf u[xdGqL ljdn]Gb| lglw . tl:a/ M k|bLk/fh jGt,/f;;

प्रधानमन्त्री दाहाल सम्मेलनअघि आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालका खाडीका प्रयास (बिमस्टेक) सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा समेत सहभागी हुनेछन् ।

सार्क क्षेत्रका बिमस्टेक सदस्य राष्ट्रलाई ब्रिक्स सम्मेलनमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइएको हो । दक्षिण एसियाबाट नेपाल, भारत, भुटान र श्रीलङ्का उक्त सम्मेलनमा सहभागी हुनेछन् । बिमस्टेक सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा आतङ्कवाद नियन्त्रण गर्ने र वातावरण परिवर्तनका असरलाई सम्बोधन गर्ने, प्राकृतिक प्रकोप व्यवस्थापन गर्ने, सदस्य राष्ट्रबीच सम्पर्क सञ्जाल विस्तार गर्ने, कृषि, ऊर्जा, व्यापार, प्रविधि, पर्यटन एवम् गरिबी निवारणजस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने एवम् जनस्तरको सम्बन्ध प्रगाढ गर्ने सम्बन्धमा छलफल हुनेछ ।

ब्रिक्स ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य राष्ट्र रहेको अन्तर्रा्ष्ट्रिय मञ्च हो भने बिमस्टेक दक्षिण र दक्षिण पूर्वी एसियाली मुलुकबीच साझा सरोकारका विषय छलफल गर्न खडा गरिएको समूह हो ।

ब्रिक्स सदस्य राष्ट्र मातहत विश्वको ४३ प्रतिशत जनसङ्ख्या छ भने १७ प्रतिशत व्यापार पनि यिनै पाँच मुलुकले गर्दै आएका छन् । विश्वको कुल गार्हस्थ उत्पादनको ३० प्रतिशत योगदान दिँदै आएको ब्रिक्स आबद्ध मुलुकले अबको ५० वर्षमा विश्वको अर्थतन्त्रको नेतृत्व लिने अनुमान गरिएको छ । ब्रिक्सको पहिलो सम्मेलन सन् २००९ र पछिल्लो सम्मेलन(सातौँ) सन् २०१५ मा रुसमा भएको थियो ।

मोदी, सि र पुटिनसँग भेट गरिने

सम्मेलनका क्रममा गोवामा रहँदा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी द्विपक्षीय वार्ता गर्नेछन् । रूसका राष्ट्रपति भ्लादमिर पुटीनसँग पनि भेटवार्ता हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चीनका राष्ट्रपति सिसँग शनिबार साँझ र भारतीय समकक्षीसँग आइतबार भेटवार्ता हुने कार्यक्रम तय भएको आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री दाहालले छिमेकीसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकतामा राखेकाले चिनियाँ राष्ट्रपतिसँग उनको नेपाल भ्रमणका लागि पुनः अनुरोध गर्नेछन् ।

त्यसैगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल श्रीसेना, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा, ब्राजिलका राष्ट्रपति मिसेल टेमर र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालको नेतृत्वमा रहने भ्रमण दलमा उनकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. महत, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालगायत हुनेछन् । प्रधानमन्त्री दाहाल आगामी कात्तिक १ गते स्वदेश फर्कनेछन् । राससको सहयोगमा

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’