संसारकै सबभन्दा धनी, सबै गाउँले करोडपति

चीनको उत्तरी तटमा बसेको जियांगयिनमा रहेको हुआझी देशभरिकै धनी गाउँ हो । यो गाउँमा बस्ने सबै दुई हजार मान्छेको वार्षिक आमदानी एक करोड रुपैयाँभन्दा बढी छ ।download-3-672x448

सन् १९६१ मा बसाइएको यो गाउँमा शुरूशुरूमा स्थिति अत्यन्त खराब थियो । तर गाउँका कम्युनिस्ट पार्टीका पूर्वअध्यक्ष वु रेनवाओले गाउँमा आमूल परिवर्तन ल्याए ।

वुले औद्योगिक विकास योजनाका लागि पहिला त गाउँका निरीक्षण गरे अनि मल्टी सेक्टर इन्डस्ट्री कम्पनी बनाए । अनि उनले सामूहिक खेती प्रणालीको नियम बसाए । त्यसपछि उनले सन् १९९० मा कम्पनीलाई शेयर बजारमा दर्ता गराए । गाउँलेलाई कम्पनीको शेयरहोल्डर बनाइदिए ।

गाउँमा कृषि उत्पादनका अलावा फलाम र रेशम विशेष रूपमा बनाइन्छ । यो गाउँले सन् २०१२ मा ९.६ अरब डलरको फाइदा ग-यो । फाइदाको हिस्सा कम्पनीका शेयरहोल्डरहरूलाई बाँडियो ।

यहाँ ५० वर्षभन्दा बढीका महिला र ५५ वर्षभन्दा बढीका पुरुषलाई हरेक महिना पेन्सनका साथसाथै चामल र तरकारी पनि दिइन्छ ।

यहाँ अन्य गाउँबाट आएका शरणार्थी मजदुर पनि २० हजार जति छन् ।

यो गाउँ कुनै हाइटेक शहरभन्दा कुनै कम छैन । सन् २०११ मा यहाँ ७४ तल्ले लांग्झी अन्तर्राष्ट्रिय होटेल समेत बनेको थियो । होटेल बनाउन कुनै ऋण लिइएको थिएन, गाउँले आफैंले बनाएका थिए ।
यसका अलावा यो गाउँमा सबै किसिमका सुखसुविधा उपलब्ध छन् ।

रोयटर्स

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’