राजधानीमा तीन शव फेला परे, एकको पहिचान खुल्यो

काठमाडौं स् राजधानीका विभिन्न स्थानमा तीन वटा शव फेला परेका छन्।

फेला परेका शवमध्ये एकको पहिचान भए पनि दुईको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। गोकर्णेशवर नगरपालिका(१२ जोरपाटीमा बस्ने ६० वर्षीय फुरग्यान्जेन शेर्पाको भने सनाखत भएको हो। शेर्पा आफ्नै कोठामा सुतेको अवस्थामा मृत फेला परेका थिए।

त्यस्तै टेकुमा भेटिएको शवको पहिचान हुन सकेको छैन। मृतक पुरुष हुन्। बानेश्वर क्याम्पसअगाडि रोकिराखेको बा १ ज ६५२२ नम्बरको बसभित्र अर्का पुरुषको शव पनि फेला परेको छ। उनको पनि पहिचान हुन नसकेको बानेश्वर प्रहरी वृत्तले जनाएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो