मुस्ताङ्ग जाने पर्यटकको रोजाईमा पर्वतका अग्ला पुल पनि, बिश्वकै हेर्न लायक पुलको सुचीमा पर्ने पुलमा हजारौ पर्यटकको भीड

 
img_20161013_145736दुर्गाप्रसाद शर्मा , पर्वत

बिदा मनाउनका लागि हिमालपारीको जिल्ला मुस्ताङ्ग र प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ मन्दिर पुग्ने पर्यटकको रोजाईमा पर्वतका अग्ला पुल पर्न थालेका छन ।
बिश्वकै आकर्षक र हेर्न लायक पुलका सुचीमा परेका पर्वतको कुस्मा स्थित मुलुककै अग्ला झोलुङ्गे पुलमा दैनिक हजारौ आन्तरिक पर्यटक आउन थालेका हुन ।kusma-gyadi-jhulungy-pul-parbat-1
मुस्ताङ्ग जाने धौलागिरी अञ्चलको प्रबेशद्वारको रुपमा रहेको कुस्माबजारमा पर्यटकहरु मुस्ताङ्ग जाँदा र फर्कदा पुलको अवलोकन गर्न थालेका हुन । मुस्ताङ्ग जाने पर्यटक दैनिक दुई चार हजारको संख्यामा पुलमा आउने गरेको होटल पिसजोनका सञ्चालक राजु सुबेदीले बताए । बुधबार दशैंमा घर जाने फर्कने तथा कुस्माबजार र वरपर आफन्त कहाँ आएका आन्तरिक पर्यटक आएका कारण ३० हजार भन्दा बढीले अग्लो पुल अवलोकन गरेका छन । ‘अहिले सम्मकै सबैभन्दा बढी पर्यटकले पुलमा ओहोर दोहोर गरे’ सुबेदीले भने ‘पुलमा २, ४ सय मान्छे नभएको कुनै पनि समय भएन’img_20161013_143525
उनका अनुसार मुस्ताङ्ग जाने र फर्कने पर्यटकहरुले एक पटक अग्लो पुल हेर्नका लागि आउने गरेका छन । यसले गर्दा आन्तरिक पर्यटकको राम्रो बिकास भएको छ । बड्गाउँ देखि बड्गाउँ– कैया पुल सम्मको बाटो कालोपत्रे गर्ने र पुल नजिक पार्किङ्गको राम्रो ब्यबस्था नहुँदा पर्यटककले समस्या झेल्दै आएका छन । यसलाई कुस्मा नगरपालिका र पर्यटन संग सम्बन्धित पक्षले छिटो ध्यान दिन आवश्यक भएको उनले बताए । ‘हजारौंको संख्यामा आउने आन्तरिक र बाह्य पर्यटकले यसले समस्यामा पारेको छ’ उनले भने ‘सडक र पार्किङ्गको ब्यबस्था गर्न ध्यान दिन जरुरी छ ।img_20161013_145118
अग्ला झोलुङ्गे पुलको शहर बन्दै गएको कुस्मामा बागलुङ्गको बलेवा क्षेत्र जोड्नलाई बनेको मुलुककै सबैभन्दा अग्लो कुस्मा–कैया झोलुङ्गे पुल बनेको छ। कुस्मा –कैया झोलुङ्गे पुल १ सय ५९ मिटर अग्लो र ३ सय ४७ मिटर लामो छ । कुस्माबाटै सबैभन्दा पहिले ३ सय ४४ मिटर लामो र १ सय ३५ मिटर अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुल समेत निर्माण भएको छ। यो पुलमा पनि दैनिक हजारौ आन्तरिक पर्यटक आउँछन । पुल वरपर पार्क समेत बनाइएकोले पर्यटकलाई सुबिधा पुगेको छ ।img_20161013_140042
पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्र संग जोड्न मोदीखोलामा निर्माण भैरहेको १ सय ५५ दशमलब ७० मिटर अग्लो झोलुङ्गेपुल सम्पन्न हुने अवस्थामा पुगेको छ । कुस्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुल भन्दा मात्रै ३० सेन्टिमीटर होचो छ । यो पुल अहिले सम्म निर्माण भएका पुल मध्ये सबैभन्दा लामो हुने बताइएको छ। यो पुल ३ सय ५९ मिटर लामो हुने बताइएको छ। अग्लापुल हेर्न आउनेहरु यो पुल निर्माणको चरणमा भएपनि यहाँ पुग्ने गरेका छन । तीन वटा पुल पाँच मिनेटको दुरीमा भएकाले धेरै आन्तरिक पर्यटक आउने संभावना छ । बड्गाउँ मुडिकुवा पुल पनि बढीमा ४० दिनभित्र पुर्ण रुपमा सञ्चालनमा आउने निर्माणमा संलग्न मज्दुर बिशाल राईले जानकारी दिए ।img_20161013_143345

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा