आईसीसी महिला विश्वकप छनोटमा नेपालको दोस्रो जित, हङकङ ६ रनले पराजित

926991221womens-cricket-jpgकाठमाडौं । हङकङमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोटमा नेपालले दोस्रो जित हासिल गरेको छ । छनोटअन्तर्गत बिहिबार भएको चौथो खेलमा नेपालले आयोजक हङकङलाई ६ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

हङकङको कोलुनस्थित कोलुन क्रिकेट मैदानमा नेपालले दिएको ७६ रनको लक्ष्य पछ्याएको हङकङ १७ ओभर ४ बलमा अलआउट हुदै ६९ रनमा समेटियो । हङकङका लागि क्यारी चानले १८, मारिको हिलले १३ तथा कीनु गिलले १० रन जोडिन । बलिङतर्फ नेपालकी करुणा भण्डारीले ३ तथा सिता राना मगरले २ विकेट लिईन । त्यस्तै कप्तान रुबिना क्षेत्री र निर्मला शाहीले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभरमा ८ विकेट गुमाएर ७५ रन जोडेको थियो । नेपालको लागि करुणा भण्डारी १९ रनमा अविजित रहिन । त्यस्तै इन्दु बर्माले १५, ज्योति पाण्डेले ११ तथा नेरी थापाले १० रन जोडिन । नेपालकी अन्य ब्याट्सवुमन हङकङका बलरसामु खुलेर खेल्न सकेनन् ।nepal-women-cricket

अघिल्ला खेलमा नेपालको सर्वा्धिक रन बनाउने ब्याट्सवुमन निर्मला शाही मात्र ३ रनमा आउट भइन । त्यस्तै ओपनरद्वय काजल श्रेष्ठ २ तथा सिता राना मगर १ रनमा पेभेलियन फर्किएका थिए । नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङकी बेट्टी चानले ३ तथा कीनु गिलले दुई विकेट लिए ।

योसंगै नेपालले आयोजक हङकङमाथी पहिलो खेलमा बेहोरेको हारको बदला लिएको छ । छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । हङकङमाथीको जितसंगै नेपालले ४ खेलबाट ४ अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ । छनोटमा थाइल्याण्ड शिर्ष स्थानमा छ भने हङकङ दोस्रो स्थानमा रहेको छ । अब नेपालले शुक्रबार शिर्ष स्थानको थाइल्याण्डसँग खेल्नेछ । टि–ट्वान्टी फर्म्याटमा हुने नेपाल सम्मिलित एसियाली छनोटमा आयोजक हङकङ, चीन र थाइल्याण्ड डबलराउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्दै छन् ।

एसियाली छनोटको शीर्ष स्थानमा रहने एक टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिनेछ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपमा छनोट हुनेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा