दशैंको टीका लगाउँदै स्वेताले भनिन –छिट्टै फिल्ममा फर्किन्छु

sweta-khadka-tika-9नायिका स्वेता खड्काले दशैंको टीका आफ्नो आफन्त र नजिकका साथिभाइसँगै मनाएकी छिन् । उनले दुई वर्षपछि मात्रै दशैंको टिका लगाएकी हुन् ।sweta-khadka-tika-10

श्रीकृष्णको निधनपछि आमाको पनि गतवर्ष निधन भएकाले स्वेताले लगातार दशैं मनाएकी थिइनन् । यो वर्षको दशैंको पहिलो दुई दिन टीका लगाउन नभएकाले आज उनले माइति घरमा दशैं मनाएकी हुन् । स्वेताले आफ्नो ९३ वर्षका बुवाको हातबाट टीका ग्रहण गरिन् ।

उनले टीका लगाइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै छिट्टै फिल्ममा फर्किने बताइन् । आफ्नो परिवार र साथीभाइको सल्लाहअनुसार फिल्म निर्माण गर्न लागेको स्वेताको भनाइ छ । यसपछि उनी कलाकार मात्रै नभएर निर्मात्रीका रुपमा पनि उदाउने छिन् ।

sweta-khadka-tika-5
उनले निर्माण गर्ने फिल्मको विस्तृत विवरण भने सार्वजनिक गरेकी छैनन् । सो अवसरमा स्वेताले श्रीकृष्णको परिवारसँग पनि सम्बन्ध सुमधुर रहेको बताइन् । उनी हाल आफ्नो वनस्थथली स्थित माइतिघरमा बस्दै आएकी छिन् ।

दुई वर्षपछि स्वेताको मुहारमा खुसी फर्किएको भन्दै परिवारका सदस्य पनि गदगद देखिए । माइतिमा पोहोर साल दशैं मनाएपनि छोरी नभएका कारण रमाइलो नभएको उनले आमाले बताइन् ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज