कोरियामा नेपाली कामदार चिनीयाँबाट यसरी ठगिदै आएका छन

korea-hundi२७ असोज, काठमाडौं । कोरियामा दुःख गरिरहेका नेपालीहरुले आफ्नो घरमा पैसा पठाउन सजिलो माध्यमका रुपमा हुण्डीको प्रयोग गरेको त पहिल्यै सुनिएको थियो, तर ती नेपालीहरुले दुःख गरेर कमाएको पैसा परिवारजनको हातमा पर्नुअघि कसरी चीनसम्म पुग्दोरहेछ भन्नेचाहिँ मंगलबार मात्रै खुलासा भएको छ ।

प्यचभब ज्गलमष्हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कोरियन प्रहरीले मंगलबार एकजना चिनियाँ विद्यार्थी र एक नेपालीसहित १० जनालाई पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो ।

कोरियन प्रहरीलाई उधृत गर्दै द कोरिया टाइम्सका पत्रकार ली जिनले लेखेको समाचार अनुसार कोरियामा रहेका ३५ सय नेपाली कामदारबाट संकलित पैसाले सुरुमा ब्युटिसियन सम्बन्धी प्रोडक्टहरु खरिद गर्ने गरिएको पाइएको छ ।

नेपाली कामदारको पैसाले किनिएका ती सौन्दर्य सामाग्री चिनियाँ बिचौलिया एवं व्यापारीहरुले कोरियाबाट चीन निर्यात गर्ने गरेका थिए । यो काम सन् २०११ अगस्तदेखि निरन्तर हुँदै आएको थियो ।

नेपाली कामदारले आफ्नो घरमा पठाएको पैसाले चिनियाँहरुले व्यापार गर्ने गरेका थिए । र, त्यसबाट कमाएको मुनाफा एवं कमिसन नेपालमा पठाइन्थ्यो ।

कोरियाबाट नेपालमा पाँच वर्षको अवधिमा ४४.४ मिलियन (४ करोड ४४ लाख) अमेरिकी डलर बराबरको हुण्डी कारोबार भएको छ । यो रकम नेपालीमा रुपान्तर गर्दा करिब ४ अर्ब ४४ करोड हुन आउँछ

नेपाली कामदारले आफ्नो कमाइ परिवारका सदस्यसम्म पुगेको ठान्ने गरे पनि त्यो पैसाबाट चिनियाँहरुले मस्तसँग व्यापार गरेको लगभग पाँच वर्ष बितिसकेको रहेछ ।

व्यापारमा चिनियाँहरु कतिसम्म चण्डाल बनिसकेका छन् र सोझा नेपालीलाई कसरी ‘मूर्गा’ बनाउने गरेका रहेछन् भन्ने यसबाट खुलासा भएको छ ।

तर, तपाईहरुले नठान्नोस् कि चिनियाँहरुमात्रै धूर्त छन् । बरु चिनियाँ विचौलियासँग मिलेमतो गरेर नेपाली कामदारको पसीनाको दुरुपयोग गर्ने धन्दामा नेपालीको समेत संलग्नता खुलेको छ । घटनामा एक नेपालीसमेत पक्राउ परेका छन् ।

स्थानीय समाचारमा जनाइए अनुसार पक्राउ पर्ने नेपाली कामदार ३६ वर्षका छन् भने चिनियाँ विद्यार्थी ३० वर्षका छन् । उनीहरु कोरियामा रहेका ३५ सय नेपाली कामदारहरुको पैसा नेपाल पठाउने नाममा हुण्डीको धन्दामा संलग्न रहेको बताइएको छ ।

गैरकानूनीरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा कोरियन प्रहरीले एक नेपाली कामदारसहित १० विदेशी नागरिकलाई गिरफ्तार गरेको छ ।

कोरियाको प्रान्तीय प्रहरीले जनाएअनुसार एक चिनियाँ विद्यार्थी र आप्रवासी नेपाली कामदार कोरियाको विदेशी मुद्रा विनिमय अधिनियम उल्लंघनको आरोपमा पक्राउ परेका छन् । साथमा अरु ८ जना विदेशीहरु पनि पक्राउ परेको कोरियाली प्रहरीले त्यहाँको सञ्चार माध्यमलाई जानकारी दिएको छ ।

कोरियाली प्रहरीको दाबी अनुसार पक्राउ परेका दुईजनाले नेपाली कामदारको पैसा कोरियन ब्युटी प्रोडक्ट खरिदका लागि प्रयोग गर्दै आएका थिए । त्यो सामान चिनियाँ विचौलियामार्फत चीन पठाउने कार्यमा विचौलियाहरु सन् २०११ अगस्तदेखि २०१६ सम्म संलग्न थिए ।

एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा