मुस्ताङ्गमा राजदुतहरुको आगमन बाक्लियो, गतिबिधी भने ‘शंकास्पद’

म्याग्दी   – चीनको स्वशासीत क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङमा नेपालस्थित विभिन्न देशका राजदूतहरुको सक्रियता बढ्न थालेको छ ।

तिब्बतसंग सीमा जोडिएको कोरला नाका खोल्न सरकारले तयारी थालेसंगै भारत, जर्मन, अमेरीका, अस्टे«लीया लगायत देशका राजदूतहरुले मुस्ताङको भ्रमण गरेका छन् ।

कुटनीतिक नियोगका उच्च अधिकारीहरुको भ्रमणले मुस्ताङको पर्यटन प्रर्वद्धनमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिन्छ । तर पारिवारीक र व्यक्तिगत भ्रमणको बाहनामा मुस्ताङ पुग्ने कुटनीतिक नियोगका अधिकारीहरुले गतिबिधि भने शंकास्पद छ ।

bharateaya-rajdut-mustang-maजिल्ला स्थित सुरक्षा अधिकारी र प्रशासनलाई समेत आधिकारीक जानकारी नगराई मुस्ताङ पुग्ने राजदूतहरुले गर्ने भेटघाट, संवेदनशिल क्षेत्रको भ्रमण लगायतका गतिबिधिले शंका उब्जाएको स्थानीय पत्रकार निरज थकाली बताउँछन् ।

“राजदूतहरु भ्रमणमा आउँदा उनीहरुको देशमा सकारात्मक सन्देश प्रवाह हुने र पर्यटक आगमन बढ्ने सकारात्मक अपेक्षा भएपनि यहाँ आएर गर्ने गतिबिधि शंकास्पद छ” थकालीले भने “तिब्बती शरणार्थी क्याम्पमा गएर उनिहरुलाई भेटघाट गर्नुलाई शंकाको रुपमा हेरीएको छ ।”

भारतीय र पश्चिमा देशका राजदूतहरुले तिब्बती शरणार्थीहरुलाई उचालेर कोरला नाका खोल्ने वातावरण बिगार्न खोजेको मुस्ताङका राजनितिक दल, नागरीक अगुवा र व्यवसायीहरुले विश्लेषण गरेका छन् । चीनले कोरला नाका खुलाउनका लागि सुरक्षालाई प्रमुख सर्तको रुपमा अघि सारेको छ ।

bharateaya-rajdut“फ्रि तिब्बत”को माग गर्दै आएका तिब्बती शरणार्थी सक्रिय हुँदा सुरक्षामा चुनौती थपिने र नाका खोल्नका लागि वातावरण बिग्रने सुरक्षा अधिकारी तथा प्रशासकहरु बताउँछन् । २०१६ को मार्च १९ मा मुस्ताङ आएकी जर्मन राजदूत माथिस मेयर पुन चौथो पटक अक्टोबर ७ मा मुस्ताङ भ्रमणमा आएकी थिइन् ।

सेप्टेम्बर २१ मा मुस्ताङ पुगेका भारतीय राजदूत रणजित रायले दुतावासको सहयोगमा विभिन्न ठाउँमा निर्मित योजनाको उद्घाटनका साथै उपल्लो मुस्ताङको पनि भ्रमण गरे । राजदूत रे यसअघि गत बैशाखमा मुस्ताङ प्रवेशद्धार मानिने म्याग्दीको बेनी, तातोपानी, घोडेपानी हुदै कास्कीको घान्द्रुक भ्रमण गरेका थिए ।

jarman-rajdut-1यसैगरी अमेरिकी राजदूत एलाइना बी तेप्लिजले जुन १२, २०१६ मा उपल्लो मुस्ताङ भ्रमण गरेकी थिइन् । अमेरिकी राजदूतको भ्रमणलगत्तै दुई देशीय ब्यापारीक मेलाका लागि तीस दिनका लागि खुलेको कोरला नाका १६ दिनमै चीनले बन्द गरेको थियो । अमेरीकी राजदूतको उपल्लो मुस्ताङ भ्रमण र नाका बन्द हुनु संयोग वा अन्य कुनै कारण हो भन्ने विषयमा मुस्ताङमा चर्चा छ ।

korala-nakaअस्टे«लियन राजदूत जेलिन वाईटले पनि अगस्त २२ तारिखमा मुस्ताङको भ्रमण गरेका थिए । पोखरा जोमसोम हवाई मार्ग भएर मुस्ताङ भित्र्ने राजदूतहरुको बारेमा सुरक्षा अधिकारी र प्रशासनमा प्राय औपचारीक जानकारी हुदैन् । उनीहरु पारिवारीक र व्यक्तिगत भ्रमणका लागि आएको भन्दै सुरक्षा नचाहिने बताउने गरेका छन् ।साभार रातोपाटी डट कम 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’