नेपालले आज हङकङको सामना गर्दे

२७ असोज, काठमाडों । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज आयोजक हङकङको सामना गर्दै छ ।nepal-women-cricket

अंकतालिकाको शिर्ष स्थानमा रहेको हंकङसँगको यो दोस्रो खेल हो । छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

हङकङको कोलुनस्थित कोलुन क्रिकेट मैदानमा पौने १२ बजे सुरुहुने प्रतियोगितामा नेपाल पहिलो हारको बदाला लिने दाउमा रहेको छ ।

छनोटको पहिलो खेलमा नेपाल हङकङ दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । तेस्रो खेलमा भने नेपालले चीनलाई पराजित गरेको छ । तिजसँगै नेपालले दुई अंक जोडेको छ ।

अंकतालिकाको शीर्ष स्थानमा हंकङ छ भने दोस्रो स्थानमा थाइल्याण्ड रहेको छ ।

शीर्ष स्थानमा रहने टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिनेछ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोलीले इंग्ल्यान्डमा हुने महिला विश्वकप खेल्न पाउँनेछन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा