कोरियामा हुण्डीमा संलग्न एक नेपाली पक्राउ

काठमाडौं, असोज २६ – दक्षिण कोरियाबाट पैसा अवैध रुपमा हुण्डी गरेर पठाउने काममा संलग्न एक नेपालीलाई कोरिया प्रहरीले पक्राउ गरेको छ । हुण्डी गरेर पैसा पठाउने काममा संलग्न दुई जना पक्राउ परेकोमा एकजना नेपाली रहेको कोरियाली समाचार संस्था द कोरिया टाइम्सले जनाएको छ । पक्राउ पर्नेको नाम उल्लेख नगरिएपनि उनी वैदेशीक रोजगारीका लागि कोरिया पुगेका नेपाली रहेको उल्लेख छ । पक्राउ परेका अर्का नागरिक भने चिनियाँ विद्यार्थी हुन् । उनीहरु मिलेर गएको ५ वर्षमा साढे ४० लाख भन्दा बढी रकम कोरियाबाट नेपाल पठाएको कोरियाको प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ ।
कोरियामा रहेका झण्डै ३५ सय नेपाली कामदारबाट नेपालमा पैसा पठाइदिनका लागि आफूहरुलाई आग्रह गरिएको र त्यसै अनुरुप पैसा पठाएको उनीहरुले बताएको खबरमा उल्लेख छ ।
उनीहरुले नेपालीले घर पठाउन दिएको पैसाबाट कोरियाली सौन्दर्य सामग्री किनेर चिनियाँ दलालमार्फत चीनमा बेच्ने र त्यसबाट आएको पैसा नेपाल पठाउने गरेको खुलेको हो । यो क्रममा साढे ४० लाख भन्दा बढि पैसा अवैध रुपमा नेपाल पठाइएको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना