मोटरसाइकल दुर्घटनामा बुवाको मृत्यु, छोरा घाइते

गोरखा, असोज २६ – गोरखामा बुधबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । आबुखैरेनी–गोरखा सडकखण्ड अन्तर्गत ५ किलो भन्ने ठाउँमा दिउँसो भएको दुर्घटनामा गोरखाको देउराली–९ का ४५ वर्षका शरण पन्थको ज्यान गएको हो ।

आँबुखैरेनीबाट गोरखा आउँदै गरेको बा ४१ प ३५३३ मोटरसाइकल र गोरखा बजारबाट आँबुखैरेनी जाँदै गरेको ग ८ प ६५७१ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडी बसेका पन्थको टाउकोमा गम्भीर चोट लागको र उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक २१ वर्षका सुनिल पन्थ सामान्य घाइते भएका छन् । सुनिल शरणका छोरा हुन् । स्कुटर चालक गोरखा नगरपालिका–६ की मिना केसीसहित त्यसमा सवार तीनजनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी