दुईवटा मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी निरीक्षक ध्रुव थापको मृत्यु

धादिङ, असोज २६ – धादिङको बैरेनी–९ बैरेनी बजारमा मोटरसाइकल दुर्घटनामा हुँदा सशस्त्र प्रहरीका निरीक्षक ध्रुव थापाको ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक थापाको काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक सरदप्रसाद खत्रीले जानकारी दिनुभयो । थापा सवार बा ६९ प १७५५ नम्बरको मोटर साइकल र बा ७५ प २९६७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

छोराले चलाएको मोटरसाइकल अर्काे मोटरसाइकलसँग ठोक्किएपछि पछाडी बसेका थापा उछिट्टिएर बा ५ च ३६१७ कारमा ठोक्किएका थिए ।

तनहुँ मरलुङ–४ निवासी प्रहरी निरीक्षक थापा दक्षिणकाली कुमलटारमा कार्यरत थिए । दुर्घटनामा अर्काे मोटरसाइकल चालक नुवाकोट कुमरी गाविसका प्रलाद सुवेदी घाइते भएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी