दाउराले हिर्काएर आमाले ६ वर्षीया छोरीको हत्या गरिन्

रोल्पा: रोल्पा मिझिङ गाविस–६ मा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छन् ।

लिवाङ नगरपालिका–२ खुमेल घर भई हाल मिझिङ–६ रोल्पा माइतीघर बस्दै आएकी धना बुढाथोकीले गए राती ९ बजे दाउराले पिठ्यूँमा हिर्काएर आफ्नै छ वर्षीया छोरी झकमा बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशव बस्नेतले बताए ।

नौ महिनाको गर्भवतीसमेत रहेकी धना छ वर्षकी छोरी र डेढ वर्षको छोरासँग बस्दै आएकी थिइन् । मानसिक सन्तुलनसमेत ठीक नभएकी उनको श्रीमान् गोपाल बुढाथोकीले ज्याला मजदुरीको सिलसिलामा धनगढीमा रहेको प्रहरीले बताएको छ ।

स्थानीयवासीले घटनाका सम्बन्धमा इप्रका सुलिचौरमा सूचना गरेपछि घटनास्थल पुगेका प्रहरीले अभियुक्त बुढाथोकीलाई नियन्त्रणमा लिई इप्रका सुलिचौरमा राखेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

यसैगरी उत्तरी रोल्पाको थवाङ–८ का ३८ वर्षीया सोनाकुमारी नेपालीलाई अपरिचित व्यक्तिले गएराति प्रहार गरेको ढुङ्गावाट टाउको र दायाँ कानको कन्चटमा लाग्दा गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बेहोस अवस्थामा रहेकी नेपालीलाई उनका आफ्नै श्रीमान् ध्रुव नेपालीले ढुङ्गा हानेको हुन सक्ने आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी