इंग्ल्यान्ड बराबरीमा रोकियो
लण्डन । रुसमा हुने सन् २०१८ को विश्वकप फुटबलको छनोटमा इंग्ल्यान्ड बराबरीमा रोकिएको छ । विश्वकपको युरोपियन छनोटअन्तर्गत मंगलबार राती भएको खेलमा इंग्ल्यान्ड स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिएको हो ।
ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्ल्यान्डले खेल अवधिभर गोलको प्रयास गरेपनि सफल भएनन् । कप्तान वायन रुनीबिना मैदान उत्रिएको इंग्ल्यान्डका गोलरक्षक जोए हार्टको उत्कृष्ट प्रदर्शन गरे । ७२ औं मिनेटमा डेल अलीको ठाउँमा मैदान छिरेका रुनीले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् ।
यो बराबरीसंगै समूह एफमा रहेको इंग्ल्यान्ड ३ खेलबाट सात अंकसहित समूहको शीर्ष स्थानमा छ । समान पाँच अंक जोडेका लिथुवानीया र स्लोभेनिया दोस्रो र तेस्रो स्थानमा छन् । समुह एफ अन्तर्गत नै मंगलबार राती भएको अन्य खेलमा स्कटल्याण्डलाई स्लोभकियाले ३–० ले पराजित गरेको छ । यस्तै लिथुवानियाले माल्टालाई २–० ले पाखा लगायो ।