उरुग्वे र कोलम्बियाको बराबरी

894401823urugy-vs-colombia-jpgबोगोटा । रुसमा हुने सन् २०१८ को विश्वकप फुटबलको छनोट खेलमा उरुग्वे र कोलम्बिया बराबरी खेलेका छन् । विश्वकपको दक्षिणी अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान भएको खेलमा उरुग्वे र कोलम्बियाले २ – २ गोलको बराबरी खेलेका हुन् ।

कोलम्बियाको घरेलु मैदानमा भएको खेलमा १५ औं मिनेटमा एबेल एगुइलिरले गोल गर्दै कोलम्बियालाई सुरुवाति अग्रता दिलाए । प्रतिस्प्रधात्मक बनेको खेलको २७ औं मिनेटमा क्रिष्टिएन रोड्रिग्वेजले उरुग्वेका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने उरुग्वेले अग्रता बनायो । ७३ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए । तर, ८४ औं मिनेटमा कोलम्बियाका यरी मिनालेएक गोल फर्काएपछि खेल २–२ गोलको बराबरीमा सकियो ।

बराबरीसंगै उरुग्वेले दक्षिणी अमेरिकी छनोटमा २० अंक जोडेको छ र दोस्रो स्थानमा छ । कोलम्बिया १७ अंक जोडेर चौथो स्थानमा छ । यस्तै दक्षिणी अमेरिकी छनोट अन्तर्गत नै अर्को खेलमा इक्वेडर र बोलिभियाले पनि २–२ गोलको बराबरी खेलेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना