भारतले भन्यो- विश्व शान्तिका लागि पाकिस्तान सबैभन्दा ठूलो खतरा

राष्ट्रसंघमा दुई देशका राजदूत आमने सामने

modi-nawaz-sarif-650x389काठमाडौं, २६ असोज । भारतले विश्व शान्तिका लागि पाकिस्तान सबैभन्दा ठूलो खतरा भएको आरोप लगाएको छ ।

संयुक्त राष्ट्रसंघको कन्फ्रेन्स अन डिअर्मामेन्टमा जारी जम्मू–कश्मीर मुद्दाको बहसमा भाग लिदै भारतीय राजदूत वेंकटेश वर्माले शान्ति र स्थायित्वका लागि सबैभन्दा ठूलो खतरा आतंकवादलाई दिइएको संरक्षण र लगातार भइरहेको परमाणु शक्तिको विकास भन्दै यी दुबै कुरा पाकिस्तानबाट भइरहेको आरोप लगाए ।

यसअघि कन्फ्रेन्समा बोलेका पाकिस्तानी राजदूत तहमीना जंजुआले कश्मीर मुद्दा नसुल्झाएसम्म क्षेत्रीय शान्ति सम्भव नभएको बताएका थिए ।

साथै उनले पाकिस्तान भारतसँग द्विपक्षीय सम्झौताका लागि पनि तयार रहेको र यसको संकेत यसअघि अन्तर्राष्ट्रिय फोरममा प्रधानमन्त्री नवाज शरिफले गरिसकेको बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा