२० बर्षपछि ट्वाक्क टुक्क लिएर आए दिनेश डिसी, ऋषि धमलाको पनि अभिनय

काठमाडौं । कमेडी दुनियामा कुनै समय सर्बाधिक लोकप्रिय कार्यक्रम ट्वाक्क टुक्क पुनः ट्वाक्क टुक्क रिटर्नस्को नामले आऊने भएको छ ।dinesh-dc-rishi-dhamala-650x366

यहि शुक्रवार बेलुका ७ः३० बजेबाट प्रसारण हुने कार्यक्रमलाई एड रिलिजले निर्माण गर्न लागेको हो भने निर्देशन दिनेश डिसीको नै रहनेछ ।

नेपाली टेलिभिजनबाट दर्शकको चाहना र रोजाईको सर्बाधिक सफल त्यो बहुचर्चित टेलीसिरीयल ट्वाक्क टुक्क को नयाँ संस्करणमा दिनेश डिसी, महादेव त्रिपाठी, रेशम फिरिरी, शुशिला निरौला(बिम्ली), जुंगे भट्टराई, माधब पण्डित, शंकर पाण्डे, सुरेश असिम आदिको साथमा चर्चित पत्रकार ऋषि धमलाको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

२० बर्ष अगाडि बहुचर्चित निर्देशक आवाजको दुनियाको साथी दिनेश डिसी निर्देशित त्यै बहुचर्चित कार्यक्रमबाट अहिलेका कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, गोपाल नेपाल फिस्टे, नारद खतिवडा, नारायण त्रिपाठी, रबी लामीछाने, महादेब त्रिपाठी, राजन घिमीरे लगायतको उत्पादन भएको थिÞयो ।

हरेक हप्ता एक सेलिब्रेटीको समेत अभिनय राख्न लागिएको यस कार्यक्रमको दोस्रो भाग अर्थात आगामी साता भने जितु नेपाल रहनेछन् । नयाँ कलाकारको खोजी समेत भैरहेको निर्देशक डिसीले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ