यौनकर्मीलाई ग्राहकले पैसा दिन इन्कार गर्दैमा बलात्कार भन्न मिल्दैन–भारतीय अदालत
नयाँ दिल्ली । भारतीय सुप्रिम कोर्टले एउटा बलात्कारसम्बन्धी मुद्दाको फैसला गर्दै भनेको छ कि ‘सेक्स वर्कर’लाई ग्राहकले पैसा दिन अस्वीकार गरेकै आधारमा त्यसलाई रेप अर्थात जबरजस्ती करणीका रुपमा उजुरी दर्ता गर्न मिल्दैन ।
सुप्रिम कोर्टले यो फैसला एउटा २० वर्ष पुरानो मुद्दाको सुनुवाइका क्रममा सुनाएको हो । यो फैसलाका साथै अदालतले तीनजना आरोपीमाथि लागेको अभियोग हटाइदिएको छ ।
ष्mबनभकअदालतले भनेको छ कि यदि कुनै महिलाले बलात्कारको अभियोग गर्दा गराउँछे भने बलात्कारको अभियोग लगाउनका लागि पर्याप्त सबुद हुनुपर्छ ।
यो मुद्दामा बैंगलुरुकी एक महिलाले तीन पुरुषमाथि अपरण तथा बलात्कारको अभियोग लगाएकी थिइन् । कर्नाटक हाइकोर्टले बलात्कार ठहर गरेको थियो । तर, २० वर्षपछि सर्वोच्च अदालतले त्यसलाई नौती दिएको छ ।
पीडित भनिएकी महिलाकी कोठामा बस्ने साथीले यो मुद्दामा महत्वपूर्ण वयान दिएकी थिइन् । उनले भनेकी थिइन् कि पीडित महिला त्यस समय नोकर्नी काम गर्थिन् । र, रातमा उनी ‘सेक्स वर्कर’को काम गर्थिन् । यसैक्रममा उनले एकपटक आरोपीसँग एक हजार रुपैयाँ मागेकी थिइन्, जुन रकम दिन पुरुषहरुले अस्वीकार गरेका थिए ।