सुन्दरी देखिन दैनिक सुंगुरको रगतले स्नान गर्ने युवती
महिलाहरुले आफुलाई सुन्दर बनाउन तथा जवान देखाउनका लागि के के सम्म गर्न पछि पर्दैनन् भन्या ? महंगा क्रिम देखि महंगो पार्लर सम्म धाउने र मोटो रकम खर्च गरेर सर्जरी गराउने सम्मका कुरा सामान्य भैसके । तर एकजना युवतीले सुन्दर बन्नका लागि जे गरिरहेकी छिन् त्यो साँच्चीकै होस उडाउने खालको छ ।
अिमेरिकाको क्यालिफोर्नियामा बस्ने १९ वर्षकी चेनेल नामक ती मोडेलमा सुन्दरता तथा जवानीको कुनै कमी छैन । तर उनले सुन्दरता र यौवन अझै निखार्न भन्दै नियमित रुपमा सुँगुरको रगतले नुहाउने गरेकी छिन् ।
अझ रोचक कुरा त के भने सुँगुरको रगतले नुहाउने ती मोडेल आफैमा साकाहारी हुन् ।
आफुलाई सुन्दरता तथा जवानीको लत नै रहेको भन्दै उनले हजारौँ वर्षअघि मानिसहरुले सुन्दर रहनका लागि सुँगुरको रगतले नुहाउने गरेको इतिहास रहेको र आफुले पनि सोही काम गरेको बताइन् ।
उनी भन्छिन्ः मेरो सबैभन्दा ठूलो डर भनेकै कतै बुढी हुन्छु की, छाला चाउरी पर्छ की भन्ने हो । त्यो हुन नदिनका लागि म जेसुकै पनि गर्न तयार छु ।
उनको सुँगुरको रगतले नुहाउने बानीले गर्दा उनलाई निकै चर्चित सेलिब्रेटी बनाइदिएको छ । विभिन्न टेलिभिजन रियालिटी शो हरुमा उनलाई सहभागी गराइएको छ, जहाँ उनले सुँगुरको रगतले नुहाएर देखाइदिन्छिन् ।
आफुले आफ्नो घर नजिकैको वधशालाबाट नियमित रुपमा सुँगुरको रगत किनेर ल्याउने गरेको उनी बताउँछिन् ।