जब आकाशबाट पानीसँगै माछा वर्षिन थाले

भारतको राजस्थानस्थित भरतपुरमा हालै अचानक आकासबाट माछा खस्न थाले । आकाशबाट माछा वषिर्न थालेपछि मानीहरुमा हगामा मच्चिन थाल्यो । मानिसहरुले सुरुमा त केही मेसो पाएनन् । तर पछि चाल पाए की आकाशबाटै वर्षाको पानीसँगै माछाको पनि वर्षा भएको रहेछ ।fish

भरतपुर जिल्लाको रुपबास इलाकामा बिहिबार राति भएको वर्षाका क्रममा आकासबाट मासु पनि र्झन थाले । मानिसहरुले आफ्नो घरको छानोमा पनि केही खसेको आवाज सुने । पछि हेर्दा त आफ्नो आँगन, छत तथा सडकमा समेत माछाको विस्कुन देखियो ।

यद्यपि आकासबाट माछा खसेको यो पहिलोपटक होइन । यसअघि पनि कैयन् ठाउँमा यसरी वर्षाको पानीसँगै माछा खसेको घटना सार्वजनिक भएको थियो । मुम्बइ पूणे राजमार्ग तथा आन्ध्रप्रदेशमा पनि यस्तै घटना भएको थियो ।

तर वैज्ञानिकहरुले भने यस्तो घटनालाई सामान्य रुपमा लिन्छन् । समुद्रमा आउने तिव्र गतिको तुफानका क्रममा उक्त तिव्र गतिको हावाले समुद्रमा भएका माछा तथा अन्य जिवहरुलाई उडाएर लैजान्छ । हावाको गति कम नहुन्जेलसम्म ती जिवहरु ऋाकाशमै तैरिन्छन् । हावाको गति कम भएसँगै भने माछा तथा अन्य जिवहरु ज्मिनमा खस्दछन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास