अब महिलाले आफू खुसी शुक्राणु किन्न सक्ने
लण्डन । ब्रिटेनको एक शुक्राणु बैंकमा काम गर्दै आएका भारतीय मूलका ब्रिटिश डाक्टरले महिलाले आफूलाई मन पर्ने शुक्राणु अडर गर्न सक्ने मोबाइल ऐप शुरू गरेका छन् ।
महिलालाई शुक्राणु जस्तो आवश्यक पर्छ त्यस्तै प्रकारको अडर गर्न खसक्ने समाचारमा उल्लेख छ ।
डा. कमल आहूजाले यस्तो सेवा सञ्चालन गरेका हुन् ।
दि सन्डे टाइम्सले डा.आहूजाको भनाइ उदृत गर्दै भनेको छ, ‘महिलाले घरमै बसेर शुक्राणु दिने पुरुषका बारेमा र मूल्यका विष्यामा पनि जान्न र बुझ्न सक्ने छन् ।’
लन्डन स्पर्म बैंकले यो एपको नाम ‘अर्डर ए डैडी’ नाम दिएको छ । यो ‘एप’मार्फत महिलाले आफू खुसी शुक्राणु अर्डर गर्न सक्ने छन् ।
शुक्राणु दान दिने व्यक्तिको कपाल या आँखाको रंग या लम्बाइ जस्ता कुरा हेरेर पनि महिलाले आफ्नो बच्चाको संभावित पिता छनौट गर्न सक्ने समाचारमा उल्लेख छ ।
शुक्राणु खरिद गर्न महिलाले ९ सय ५० पाउन्ड तिर्नुपर्ने हुन्छ । यो ‘ऐप’ कानूनी रुपमा लण्डनमा मान्यता प्राप्त छ । – एजेन्सी