फेसबुक चलाउनेले जान्नै पर्ने एक दर्जन महत्वपुर्ण कुराहरु

विश्वमा डेढ अर्ब मानिस फेसबुक चलाउँछन् । तर यो दुनियाकै ठूलो सोसल नेटवर्किंग साइटका केही गुह्य तथ्यहरुको बारेमा धेरैलाई थाहा नहुन सक्छ । आउनुहोस् यी एक दर्जन तथ्यबारे जानौँ, जो रोचक छन् तर तपाइँलाई पनि अहिलेसम्म थाहा नभएको हुनसक्छः

– फेसबुकमा पहिलोपटक जुन अनुहार देखियो त्यो अमेरिकी अभिनेता अल पचिनोको थियो ।

– फेसबुकमा एउटा यस्तो फिचर पनि छ जसमा तपाइँले आफ्नो मृत्युपछि आफ्नो अकाउन्ट व्यवस्थापन गर्नका लागि वारेस नियुक्त गर्न सक्नुहुन्छ ।facebook-650x388

– फेसबुकको स्टाटस बक्समा गएर तपाइँले जुन कुरा टाइप गर्नुहुन्छ त्यो सिधै फेसबुकको सर्भरमा पुग्दछ, चाहे तपाइँले लेखेको कुरा मेट्नुभयो वा पोष्ट गर्नुभएन भने पनि ।

(हरेक एक मिनेटमा फेसबुकमा १८ लाख पटक लाइक बटन थिचिन्छ ।

– तपाइँलाई लाग्दछ की फेसबुकमा निकै धेरै फेक अकाउन्ट हुन्छन् । तर फेसबुकमा उतिसारो फेक अकाउन्ट भने छैनन् । प्रचलनमा रहेका कूल फेसबुक अकाउन्टमध्ये ८.७ प्रतिशत मात्र फेक अर्थात् नक्कली रहेका छन् । तर सयमा झण्डै ९ वटा फेसबुक अकाउन्ट नक्कली हुनुपनि सानो कुरा होइन ।

(एक अध्ययन अनुसार फेसबुक चलाइसकेपछिको समयमा हरेक एक तिहाई मानिसले आफ्नो जिवनमा सबैभन्दा धेरै असन्तुष्ट महसुस गर्दछ । यस्तो यसकारण हुन्छ की फेसबुकमा धेरैजसो मानिसहरु जिवनमा खुसीहरु भरिएका पोष्टहरु गरिरहेका हुन्छन् । यसले हामीलाई आरिस उत्पन्न गराउँछ र आफैप्रति असन्तुष्टि पैदा गरिदिन्छ ।

(यदि तपाइँलाई घरै बसीबसी पैसा कमाउने इच्छा छ भने फेसबुक ह्याक गर्नुहोस् । फेसबुकमा भएको सुरक्षा कमजोरी पत्ता लगाउनेलाई फेसबुकले नै पुरस्कार प्रदान गर्ने गर्दछ । तर यसो भन्दैमा जथाभावी फेसबुक प्रयोगकर्ताका फेसबुक अकाउन्ट ह्याक गर्नु चाहीँ अपराध हुन्छ । स्मरण रहोस फेसबुकमा हरेक दिन ६ लाख पटक ह्याकिंगको प्रयास गरिन्छ ।

(मानिसहरुमा फेसबुकप्रतिको लत यति धेरै बढेको छ की एउटा नयाँ रोग नै सिर्जना भएको छ । जसलाई फेसबुक एडिक्सन डिसअर्डर भनिन्छ ।

(कहिलेकाहीँ केही समय फेसबुक साइट डाउन हुन्छ वा चल्दैन । यसो हुँदा हरेक मिनेटमा फेसबुकाई २५ हजार डलर घाटा लाग्दछ ।

– फेसबुकमा अहिले जुन लाइक बटन चल्तीमा छ त्यसलाई सुरुवातमा अवेसन नाम दिइएको थियो ।

– हाल फेसबुकमा ३ करोड मृत मानिसका अकाउन्ट छन् । आउँदो १ सय वर्षमा यो संख्या ५० करोड पुग्ने अनुमान गरिएको छ ।

(अरु त अरु, फेसबुक कैयन् हत्या तथा मृत्युको कारक बन्ने गरेको छ । फेसबुककै कारण विभिन्न अपराधको जन्म हुने गरेको छ । रोचक कुरा त के भने फेसबुकमा आफुलाई अनफ्रेण्ड गरेको निहुँमा समेत मानिसको हत्या हुने गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’