बुद्धिवान् आमाका बच्चा बुद्धिमान हुन्छन स् अध्ययन

1911079860inteligent-mother-jpgकाठमाडौं । के बुद्धिमानि बाबुका छोराछोरी पनि बुद्धिमानि नै हुन्छन होला ? तपाईंलाई के लाग्छ ? यदि तपाईंलाई यस्तो लाग्छ भने यो सत्य होइन ।
यस वर्ष प्रकाशित भएको एक अनुसन्धानको निष्कर्ष छ बच्चाहरूले बौद्धिक गुण उनका बाबुबाट नभएर आमाबाट बच्चामा सर्छ ।
एक अध्ययान अनुसार बौद्धिक जीन एक्स क्रोमाजोमले बोक्छ र जुन पुरुषको एकको तुलनामा महिलाको दुईवटा हुन्छ । त्यो भन्दा पनि यस बिषयमा बैज्ञानिकहरूले संकलन गरेको प्रमाणले बताएको छ की मस्तिष्कको शक्ति जस्ता बिषयमा बच्चामा सरेको निश्चित जीनहरूरुले मात्र असर छोड्छन् जो आमाबाट आएका हुन्छन् ।
साइकोलोजी स्पटका अनुसार बैज्ञानिकहरूले मातृजीन प्रयोग गरेर जन्मेका जेनेटिकल्ली मोडिफाइड मुसाका बच्चामा पैतृक जीन प्रयोग गरेर जन्मेका जेनेटिकल्ली मोडिफाइड मुसाका बच्चाका तुलनामा टाउको तथा दिमाग ठूलाआकारका तथा सानो शरिर भएको पत्ता लगाएका छन् ।
मुसा र मानिसको तुलना गर्न मिल्दैनकी भनेर बैज्ञानिकहरुले स्कटल्याण्डको ग्लास्गोमा १४ देखि २२ वर्ष सम्मका १२ हजार जनाहरुलाई २० वर्षको अवधिमा अन्र्तवार्ता
गरेर चलाख आमाबाट जन्मेका बच्चाहरू बढी बुद्धिमान पाइएको निष्कर्ष निकालेको छ ।
तर सबै बुद्धिमान तथा चलाख आमाका बच्चाहरु बौद्धिक हुन्छन नै भन्ने ग्यारेण्टी नहुने पनि तर्क छ । किनभने हालैका वर्षहरूमा गरिएका अध्ययनहरूले केवल ४० देखि ६० प्रतिशत बच्चा बौद्धिकता जीनबाट सर्ने र बाँकी प्राकृतिक तत्वहरू जस्तै बच्चा हुर्कने बढ्ने वातावरणमा निर्भर हुने निष्कर्ष थियो ।
स्रोतः याहु

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’