नेपालको आफ्नै स्याटेलाइट

सुन्दा अपत्यारिलो लागे पनि नेपालले पृथ्वीको अक्षमा आफ्नै भूउपग्रह अर्थात् स्याटेलाइट राख्ने तयारी गरेको छ ।  नेपालले भूउपग्रह स्थापित गर्ने भन्ने विषयमा एक वर्ष अघि पनि चर्चा भएको र त्यसका लागि विशेषज्ञको मागसमेत भएको थियो । तर, त्यसबेला सो काम मन्त्रालयले गर्ने कि नेपाल टेलिकम प्राधिकरणले गर्ने भन्ने विषयमा अन्योल भएर त्यसै अड्किएको थियो । तर अब यो काम नेपाल टेलिकम प्राधिकरणले नै गर्ने सरकारी निर्णय भएसँगै नेपाल टेलिकम अथोरिटी (एनटीए)ले भूउपग्रह राख्ने काम सुरु गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले कान्तिपुरलाई बताएका छन् ।07102016075823sattelite-1000x0
अन्तर्रा्ष्ट्रिय टेलिकम युनियन (आईटीयु)ले नेपाललाई भूउपग्रह राख्नका लागि भनेर छुट्याएको स्थान २०१५ भित्रै प्रयोगमा ल्याइसक्नु पर्ने भए पनि नेपालले सो काम गर्नसकेको थिएन । प्राधिकरणले यस विषयमा आईटीयुसँग अनुरोध गरेर नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रियामा अघि बढेको हो ।
यसरी आफ्नै भूउपग्रह राख्दा नेपालबाट विदेशी भूउपग्रहका लागि गइरहेको ठूलो धनराशी जोगिन्छ । नेपालमा इन्टरनेट र स्याटेलाइट टेलिभिजनलाई पनि सञ्चालन खर्च कम हुनसक्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’