लिगलिगे दौड जितेर श्रीपेच पहिरीए थापाठानाका अनिशले
गोरखा, पालुङ्टारस्थित मस्र्याङ्दी नदी किनारबाट लिगलिग कोटसम्म दौड पूरा गरी पर्वत थापाठानाका अनिश थापाले यस वर्षको लिगलिगे दौड जितेका छन् ।
५६ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेर विजयी हुनुभएका थापाले श्रीपेचको प्रतिकृति र ५० हजार ५ सय ५० रुपैयाँ पुरस्कार जिते । यस्तै गोरखा मान्वुका शुभराज गुरुङले ५७ मिनेट १९ सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो भए उनले ३० हजार ३ सय ५ रुपैयाँ पुरस्कार पाए ।
नेपाली सेनाका कृष्ण बस्नेतले ५८ मिनेट २६ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भएर २० हजार ५ सय पुरस्कार जितेको आयोजक लिगलिगकोट विकास अभियानका सरोज देवकोटाले जानकारी दिनुभयो ।

Athletes gather at the starting point of the seventh Liglige Race at Chepeghat in Gorkha on Friday, October 7, 2016. Photo: THT