BREAKING NEWS मासु खाँदा घाटीमा हड्डी अड्किएर मृत्यु

hospital-bedमहेन्द्रनगर, २६ असोज । घाटीमा मासुको हड्डी अड्किएर कञ्चनपुरमा एक पुरुषको ज्यान गएको छ ।

मंगलबार बडादसैंको दिन कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीका ५५ वर्षीय बहादुर रावलको घाटीमा मासु अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।

‘सोमबार राति खानासँगै मासु खाँदा हड्डी अड्किएछ’, कञ्चनपुर प्रहरी प्रवक्ता नैनसिंह कार्कीले भने- ‘महाकाली अञ्चल अस्पताल ल्याइ उपचार गराउने क्रममा मृत्यु भयो ।’

रावल शुक्लाफाँटा वन्यजन्तु आरक्षको वार्डेन कार्यालय मझगाउँमा सशस्त्र वन रक्षक (ग्यामस्टोक) पदमा कार्यरत थिए । उनको बुधबार विहान आफन्तले दाहसंस्कार गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा