पर्यटकीय स्थल जाने सडक कालोपत्रे गरियो
२६ असोज, म्याग्दी । म्याग्दीको पोखरे बगरदेखि चित्र जोड्ने १० किमी सडक मर्मतका लागि ७२ लाख खर्च भएको छ ।
पर्यटकीय स्थल घोडेपानी जोड्ने उक्त सडक सुधारका लागि जिल्ला विकास समितिले गत आर्थिक वर्षमा सडक बोर्डअन्तर्गतको दुई, जिविस अनुदान र गाविसको संयुक्त लगानीबाट एक वटा योजना सञ्चालन भएको थियो ।
जिल्लाकै जोखिमयुक्त र कष्टकर मानिने १० किलोमिटर दूरीको उक्त सडक मर्मतपछि सुधार भएको हो ।
विभिन्न प्याकेजमा सडक फराकिलो पार्ने, नाली बनाउने, ग्रेड मिलाउने, सोलिङ गर्ने र ग्याबिन पर्खाल लगाउनलगायतका काम गरिएको जिविसका प्राविधिक कमल चोखालले बताए ।