आफ्नै पार्टीका ३३ शीर्ष नेताले ट्रम्पको साथ छाडे

काठमाडौं । महिलाविरुद्ध अश्लील टिप्पणी गरिएको एक भिडियो सार्वजनिक भएपछि अमेरिकाको रिपब्लिकन पार्टीका शीर्ष नेताहरूले धमाधम पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पको साथ छोडेका छन् ।
शुक्रबार ट्रम्पको अश्लील टिप्पणी सार्वजनिक भएपछि ३३ जना शीर्ष नेताहरूले ट्रम्पको साथ छोडेको घोषणा गरेको सीएनएनले जनाएको छ ।trump
ट्रम्पलाई दिएको समर्थन फिर्ता लिनेमध्ये सन् २००८ का राष्ट्रपति पदका रिपब्लिकन उमेदवार जोन म्याककेन एक हुन् । उनले भनेका छन्, “ट्रम्पको टिप्पणीले उनको उम्मेदवारीलाई समर्थन जारी राख्न त परको कुरा, सर्तसहित समर्थन प्रदान गर्न पनि असम्भव भएको छ ।”
ट्रम्पको साथ छोड्ने अर्की नेतामा पूर्व विदेशमन्त्री कोन्डालिसा राइस छन् । उनले भनेकी छन्, “अब पुग्यो ! डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नु हुँदैन । उनले नाम फिर्ता लिनुपर्छ ।” 120830112515-condoleeza-rice-rnc-day-3-horizontal-large-gallery
त्यस्तै न्यू ह्याम्पसायर राज्यका सिनेटर केली एओटेले एक विज्ञप्ति निकाल्दै भनेकी छन्, “महिलाप्रति अपमानजनक र आक्रामक व्यक्तिलाई राष्ट्रपतिका लागि समर्थन गरिरहन सक्दिनँ र गर्ने छैन ।”
सीएनएनका अनुसार अन्य नेताहरूमा इदाहोका सिनेटर माइक क्रयापो, अलास्काकी सिनेटर लिसा मुर्कोवस्की, मैनेकी सिनेटर सुसन कोलिन्स, अलबामा राज्यका गभर्नर रोबर्ट बेन्टले तथा अलबामाकी सांसद मार्था रोबी, ओहायोका सिनेटर रोब पोर्टम्यान, संसदको ओभरसाइट कमिटी अध्यक्ष जासन चाफेट्ज तथा उथाह राज्यका गभर्नर ग्यारी हर्बट छन् ।
केही रिपब्लिकन नेताहरूले भने ट्रम्पको भनाइको आलोचना गरे पनि ट्रम्पलाई सर्मथन छोड्ने कि नछोड्ने स्पष्ट पारेका छैनन् । ती नेताहरूमा उपराष्ट्रपति उम्मेदवार माइक पेन्स, टेक्सास सिनेटर जोन कोन्र्यान, हाउस नेता केभिन म्याकार्थी, पूर्व राष्ट्रपति उम्मेदवार बेन कार्सन, सभामुख स्टिभ स्कालिसे, आइवा सिनेटर जोनी अर्नेस्ट तथा केन्टके सिनेटर रान्ड पउल आदि छन् ।
रिपब्लिकन पार्टीका धेरै नेताहरूले उनको स्थानमा उपराष्ट्रपति पदका उमेदवार माइक पेंसलाई राष्ट्रपति पदको उम्मेदवार बनाउन पर्ने बताएका छन् । ती नेताहरूमा साउथ डकोटा गभर्नर सिनेटर जोन थुने, नभादाका सांसद जो हेक, साउथ डकोटा गर्भनर डेनिस दौगार्ड, भर्जिनियाकी सांसद बार्बारा कोमस्टोक, मिजोरीकी सांसद एन वाग्नर, कोलोराडो सिनेटर कोरी गार्डनर, उथाह सिनेटर माइक ली, इलिनोइज सिनेटर मार्क कर्क, अलास्का सिनेटर दान सुलिभान तथा नेब्रास्का सिनेटर देब फिसर आदि छन् ।
रिपब्लिकन नेताहरू जेब बुस, जोन कसिच, नेब्रास्का सिनेटर केल सासा, पूर्व क्यालीफोर्निया गर्भनर आर्नोल्ड स्वार्जीनेगर तथा पूर्वराष्ट्रपति उम्मेदवार कार्ली फ्लोरिना भने सुरु देखिनै ट्रम्पको विरोधमा थिए । सुरुमा ट्रम्पको विरोधी रहेका टेकसास सिनेटर टेड क्रुज भने पछि ट्रम्पको समर्थनमा गएका थिए ।
सन् २००५ को एउटा कुराकानीका क्रममा महिलाका सम्बन्धमा प्रकट गरेको अश्लील अभिव्यक्ति सार्वजनिक भएपछि उनको तीव्र आलोचना भएको हो । उक्त भिडियोमा ट्रम्पले एउटी विवाहित महिलासँग यौनाचार गर्न इच्छा राखेको, महिलालाई छुने तथा किस गर्ने जस्ता कुराकानी अश्लील शब्द प्रयोग गरेर गरेको सुनिन्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा