अर्जेन्टिना पाराग्वेसँग पराजित

कर्डोबा । रुसमा हुने सन् २०१८ को विश्वकप फुटबलको छनोट खेलमा अर्जेन्टिना पाराग्वेसँग पराजित भएको छ । विश्वकपको दक्षिणी अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनालाई पाराग्वेले १ –० ले पराजित गरेको हो ।200934250argentina-jpg

अर्जेन्टिनाको घरेलु मैदानमा भएको खेलमा सर्जियो अगुरोले पेनाल्टीमा गोल गर्न नसक्दा अर्जेन्टिना पराजित भएको हो । खेलमा पाराग्वेलाई जित दिलाउन एक त्र गोल डेर्लिस गोन्जालेजले खेलको १८ औं मिनेटमा गरे ।

त्यसपछि कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको अर्जेन्टिनाले खेलको ४७ औ मिनेटमा पेनाल्टी पाएको थियो । तर, उक्त पेनाल्टीमा अगुरोले गोल गर्न सकेनन् । उनको प्रहार पाराग्वेका किपरले रोकेका थिए । पाराग्वेका खेलाडीले आफ्नो डीबक्समा ह्यान्ड गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । यो हारसंगै अर्जेन्टिनाले दक्षिणी अमेरिकी छनोटमा १० खेलबाट १६ अंक जोडेर पाचौ स्थानमा छन् । अर्जेन्टिनालाई पराजित गरेको पाराग्वे १६ अंक जोडेर छैटौं स्थानमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’