भेनेजुएलामाथि ब्राजिलको सहज जित

मेर्डिया ।  रुसमा हुने सन् २०१८ को विश्वकप फुटबलको छनोट खेलमा ब्राजिलले भेनेजुएलालाई पराजित गरेको छ । विश्वकपको दक्षिणी अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई २ – ० ले पराजित गरेको हो ।

भेनेजुएलाको घरेलु मैदानमा भएको खेलमा ब्राजिललाई जित दिलाउन ग्राबियल जिसस र विलियनले एक एक गोल गरे । खेलको ५ औ मिनेटमा जिससको गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि दुवैतर्फबाट गोल गर्न नसक्दा पहिलो हाफमा ब्राजिलले १ – ० ले अग्रता बनायो । दोस्रो हाफमा ब्राजिलले थप एक गोल गर्यो । 1464302841brazil-vs-venezuela-jpg

खेलको ५३ औ मिनेटमा विलयनले गोल गर्दै ब्राजिललाई सहज जित दिलाए । जितसंगै ब्राजिलले दक्षिणी अमेरिकी छनोटमा आफ्नो शिर्ष स्थान कायम राखेको छ । ब्राजिलले १० खेलबाट २१ अंक जोडेको छ र शिर्ष स्थानमा रहेको छ । दक्षिणी अमेरिकी छनोटको दोस्रो स्थानमा उरुग्वे र तेस्रो स्थानमा इक्वेडर रहेका छन् ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा