आर्र्थरमा एमालेले गर्यो शुभकामना आदनप्रदान
असोज २६, नेकपा(एमाले) आर्थर डाडाँखर्क गाउँ कमिटीको आयोजनामा मंगलबार शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीका कार्यकर्ताका बिचमा शुभकामना साट्ने र पार्टीको लोकप्रिय कार्यक्रमका बारेमा बस्तीबस्तीमा सन्देस पु¥याउने उद्देश्य सहित शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नेकपा(एमाले) पर्वतका सचिब पदमपाणी शर्माले नेकपा(एमाले) अब हुने सबै निर्वाचनमा मुलुकको पहिलो पार्टी बन्ने बताउँदै पार्टीको जित सुनिश्चित गर्न सबै कार्यकर्ताहरु अब मैदानमा खट्न निर्देशन दिए । उनले गरिब, दुःखी जनताको पार्टी, बृद्ध र असहायको पार्टी भनेको एमाले मात्रै भएको दाबी गर्दै पछिल्लो बजेटमा बृद्धभता, गाउँमा जाने बजेट दोब्बर बनाउने काम एमालेले नै गरेकोले अब एमालेको बिकल्प अन्य दल बन्नै नसक्ने ठोकुवा पनि गरे ।
कार्यक्रममा प्रेस चौतारी नेपालका निर्वतमान केन्द्रिय बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, प्रेस चौतारी नारायणीका संयोजक तिलकराम रिमाल, एमाले आर्थरका पुर्ब गाउँ कमिटी अध्यक्ष मोतीप्रसाद पौडेल, शिक्षक आनन्द रिमाल, लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
एमाले आर्थर डाडाँखर्क गाउँकमिटीका अध्यक्ष होमनाथ रिमालको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत गाउँ कमिटीका सदस्य रुपलाल बिक र सञ्चालन सचिब चन्द्रसुर्य गुरुङ्गले गरेका थिए ।