ग्यालेक्सी नोट सेभेनको विक्री रोक्न आह्वान

मोबाइल फोन उत्पादक कम्पनी स्यामसंगले विश्वभरका आफ्ना सबै विक्रेताहरुलाई ग्यालेक्सी नोट सेभेनको विक्री रोक्न भनेको छ।160916071952_samsung_note7_blown-up_640x360_reuters_nocredit

उक्त फोनको ब्याट्री पड्किएर आगो लाग्ने गरेको र त्यसपछि साटिएका फोनहरुमा पनि उस्तै समस्या देखिएको खबरहरुमाझ स्यामस‌ंगले यस्तो आह्वान गरेको हो।

ग्यालेक्सी नोट सेभेनमा देखिएको समस्याले दक्षिण कोरियाली कम्पनीलाई ठुलो धक्का पुर्याएको छ।

फिर्ता

स्यामसंग ग्यालेक्सी नोट सेभेन फोनका ब्याट्रीहरु पड्किएर आगो लागेका घटनाहरु भएपछि बजारबाट २५ लाख फोन सेटहरु फिर्ता गरिएको थियो।

तर तिनको साटो दिइएका फोनहरुमा पनि आगो लाग्न रोकिएन।

एप्पलको पछिल्लो फोन आइफोन सेभेनको प्रतिस्पर्धा गर्न ल्याइएको यो फोनलाई विश्वभरीका सबै विक्रेतालाई बेच्न बन्द गर्न कम्पनीले गरेको यो आह्वान कठोर छ।

र, यो फोन किनिसकेका सबै उपभोक्ताले यसलाई स्वीच अफ गर्नुपर्छ र यसको प्रयोग बन्द गर्नुपर्छ।

कम्पनीले फोन फिर्ता मागेको यो दोस्रोपटक हो।

बहस

नयाँ ग्यालेक्सी नोट सेभेनहरुमा आगो लाग्न थालेपछि स्यामसंगले आफ्ना उपभोक्तालाई फोन फिर्ता गर्न भनेको थियो।

तर त्यसको सट्टामा दिइएका फोनहरुमा पनि उस्तै समस्या देखिएपछि अनिश्चित समयका लागि तिनको प्रयोग गर्न नसकिने भएको छ।

यसैबीच स्यामसंगले आइफोनको केही अंश चोरेको भन्ने आरोपमा तिर्नुपर्ने ४० करोड डलर रुपैँयाबारे मंगलबार उसले अदालतमा आफ्नो तर्फबाट बहस गर्दैछ।

ग्यालेक्सीमा देखिएको समस्या र अर्काको सामानको अधिकारको उल्लंघन गरेको कारणले स्यामसंगले थुप्रै मुद्दामामिला झेलिरहेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’