फूलपातीयता हवाईमार्गबाट बाहिरिने यात्रुको संख्या २० हजार

काठमाडौं : दसैंका लगि उपत्यकाबाट हवाईमार्ग हुँदै २० हजार बढी यात्रु बाहिरिएका छन्।

फूलपातीयता २० हजारभन्दा धेरै यात्रु विभिन्न गन्तव्यतर्फ गएको नेपाल वायुसेवा सङ्घले जनाएको छ।

सङ्घका प्रवक्ता घनश्याम आचार्यका अनुसार फूलपातीयता दैनिक पाँच हजारदेखि पाँच हजार पाँच सयको हाराहारीमा यात्रु बाहिर गइरहेका छन्। सामान्य अवस्थामा दैनिक तीन हजारदेखि तीन हजार पाँच सय हाराहारीमा यात्रु जान्थे। हवाई यात्रु विजयादशमी टीकासम्म बाहिरिने र एकादशीदेखि फर्कने आचार्यले बताए।x9n-abt-nepal-airlines-jpg-pagespeed-ic-sjy8gzf0u_

दसैंको चापलाई मध्यनजर गरी निजी वायुसेवा कम्पनीले अतिरिक्त उडान पनि भर्दै आएका छन्।

विराटनगर, भैरहवा, लामिडाँडा, खानीडाँडा आदि विमानस्थलमा दैनिक दुई वटासम्म विमानले अतिरिक्त उडान भर्दै आएको प्रवक्ता आचार्यले बताए।

अहिले नियमित रुपमा हवाईसेवा पुर्‍याउने मुख्य विमान कम्पनीमा बुद्ध, यति, तारा, सौर्य, सिम्रिक, सीता र गोमा एयरलाइन्स छन्। अन्य कम्पनीले चार्टरमा उडान भर्छन्, एकल इन्जिन भएका विमानले यात्रु बोक्न पाउँदैनन्।

नेपालमा निजी क्षेत्रका १७ वटा (विमान र हेलिकोप्टर) कम्पनीले हवाई सेवा दिँदै आएका छन्। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दसैंलाई लक्षित गरी विभिन्न गन्तव्यमा नियमितबाहेक थप दैनिक १२ वटा उडान भर्दै आएको छ। फूलपातीदेखि विजयादशमीको टीकासम्म ‘ननसेड्युल’ १२ वटा उडान भर्दै आएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए।

निगमले चार वटा विमानबाट आन्तरिक उडान भर्दै आएको छ। यातायातको छिटो र सरल साधन मानिने हवाई मार्गप्रति सर्वसाधारणको आकर्षण र प्रयोगकर्ताको सङ्ख्या बढ्दो छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’