एसियामा जिका भाइरसको संक्रमणले महामारिको रुप लिने खतरा

असोज २५ – विश्व स्वास्थ्य संगठन डब्लुएचओले जिका भाइरसको संक्रमण एसियामा उच्च दरमा फैलिरहेको र यो अझै बढ्ने क्रममा रहेको बताएको छ । पछिल्लो समय जिका भाइसको संक्रमणको दर बढ्दै गएको र यसले एसियामा महामारिको रुप लिन सक्ने भन्दै डब्लुएचओले चेतावनी दिएको हो । jika-virus

सिंगापुरमा धेरैमा संक्रमण फैलिएको छ । यस्तै चीन, थाइल्याण्डसहितका देशमा पनि जिकाको संक्रमण पुष्टि भएको छ । जिका भाइरसको संक्रमण अहिलेसम्म ७० भन्दा बढी देशमा फैलिएको छ । त्यसमध्ये एसिया प्यासिफिक क्षेत्रका १९ देश छन् ।

वैज्ञानिक जिका भाइरससँग विरुद्ध लड्ने उपायको खोजी लागिरहेको डब्लुएचओकी निर्देशक मार्गरेट चानले बताउनुभयो । तर अहिलेसम्म सफलता भने मिलेको छैन । जिका भाइरसका कारण गर्भवती बढी प्रभावित हुने गरेका छन् । यसका कारण गर्भमा रहेको बच्चाको मस्तिष्कमा असर पर्ने गरेको छ ।

सन् १९४७ मा युगाण्डामा पहिलो पटक देखिएको जिका भाइरसको संक्रण त्यसपछि सन् १९७७ देखि ७८ सम्म पाकिस्तान, मलेसिया र इन्डिोनेसियामा देखिएको थियो ।

यस्तै सन् २००७ मा यप र माइक्रोनेसिया, २०१३ मा फ्रेन्च पोलिनेसियामा यसको संक्रमण फैलिएको थियो । तर गएको वर्ष ब्राजिलबाट सुरुभएको पछिल्लो संक्रमणले महामारिको रुप नै लिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’