ठुलीपोखरीमा एमालेको शुभकामना आदनप्रादन

पर्वत, असोज २४
14517393_1476073242407814_1092006742410224713_nनेकपा एमाले ठुलीपोखरीको आयोजनामा गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेलले भारतको इशारामा संविधान संसोधन नहुने बताए ।
उनले मधेसीले नेपाललाई भारतमा बुझाउन खोजेको बताउँदै राष्ट्रियताकोलागि एमाले अन्तिमसम्म लड्ने धारणा राखे । नेकपा(एमाले) पर्वतका सचिब पदमपाणी शर्माले नेकपा(एमाले) नै मुलुकका जनताको एक मात्र भरोसायोग्य पार्टी भएको बताउँदै एमालेको बिकल्प अन्य दल बन्नै नसक्ने ठोकुवा गरे । अहिले स्थानिय निकायको निर्वाचन भएमा एमालेले दुई तिहाई मत ल्याउँछ भन्ने डरका कारण कांग्रेस र माओबादी केन्द्रको सरकारले चुनाब नगराउन बिभिन्न बहानाबाजी गरेको आरोप सचिब पौडेलको थियो । 14572204_1475750045773467_5612742537462003849_n1
उक्त कार्यक्रममा नेकपा एमाले पर्वतका जिल्ला कमिटी सदस्य खुमप्रसाद सुवेदी , प्रेस चौतारी केन्द्रिय सदस्य गणेश पौडेल, अनेरास्वबियुका पुर्ब जिल्ला अध्यक्ष रुद्रबहादुर केसी, जनतासुर्दशन माबिका प्रअ मेघनाथ अचार्य ले शुभकामना ब्यक्त गरेका थिए । एमाले ठुलीपोखरीका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब अधयक्ष राजेश्वर सुवेदीको स्वागत, सचिब भरत सापकोटाको सञ्चान गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो