दिउँसो चोकमा छुरी हान्ने दुई युवा पक्राउ

पर्वतको सदरमुकाम कुस्माबजारको ब्यस्त शिबालयचोकमा शनिबार दिनदाहाडै छुरा प्रहार गरेको आरोपमा प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ।
छुरा प्रहार गरेको अभियोगमा पर्वतको लेकफाँट गाबिस – ४ कुवेपानी घर भै कुस्मानगरपालिका ११ खरेहामा बस्दै आएका आकाश पुन र कुस्मा नगरपालिका ८ मा बस्दै आएका सरोज परियारलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
पुन र परियारलाई घटनापछि भाग्दै गरेको अवस्थामा कुस्माबजारका बिभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
कुस्माको शिबालयचोकमा रहेको संयुक्त यातयातको कार्यालयमा कार्यरत कर्मचारी कुस्मा नगरपालिका – ८ बस्ने अन्दाजी १८ बर्षिय किशोर लामिछानेलाई छुरा प्रहार गरेको आरोप पुन र परियारलाई लागेको छ। उनीहरुले लामिछानेलाई टिकट काउन्टरबाट बोलाई केही पर पु¥याएपछि छातीमा छुरा रोपेका थिए । छुरा प्रहारबाट घाइते भएका लामिछानेलाई पर्वत जिल्ला अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरी निरीक्षक दिपक पातलीले जानकारी दिए ।
कुस्माबजारमा शुक्रबार राती भएको डिजे डान्स पार्टीमा दुई युवाका बिचमा बिबाद भएको थियो । राती भएको बिबादको रिस फेर्न मुख्यबजार चोकमा नै लामिछाने माथि खुकुरी प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक शेखर खनालले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’