श्रीमतीलाई आफ्नै बाबु संग ओछ्यानमा देखेपछि …………….
पर्वत, असोज २२ , आफ्नै ससुरा संग अबैध सम्बन्ध भएको शंकामा पर्वतको दक्षिणमा पर्ने बर्राचौर गाबिसकी एक महिलाई श्रीमानले हत्या गरेका छन ।
बर्राचौर गाबिसको वडा नं ८ पुर्णगाउँमा ४५ बर्षिया सेती नेपालीलाई उनका श्रीमानले शुक्रबार राती हत्या गरेका हुन ।
ससुरा संग लामो समय देखि अबैध सम्बन्ध छ भन्ने शंका गर्दै आएका सेती नेपालीका श्रीमान देबहादुर नेपालीले शुक्रबार राती आफ्ना बाबु र श्रीमतीलाई एउटै ओछ्यानमा देखेपछि दाउराको चिर्पटले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ। मृतक सेती नेपाली, उनका श्रीमान देबहादुर र ससुरा जाले नेपाली राती संगै बसेर मदिरा पिएका थिए । मदिरा पिएपछि आफ्नो ओछ्यानमा सुत्न गएका देबबहादुरले श्रीमतीलाई संगै नदेखेपछि खोजी गर्दा भान्साकोठामा बाबु संगै सुतेको अवस्थामा फेला पारेका थिए । भान्साकोठामा बाबु सुत्ने ओछ्यान रहेको छ ।
घटनापछि देबहादुर र उनका बाबु जाले नेपालीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने मृतकको शब पोष्टमार्टमका लागि छिमेकी स्याङ्गजा जिल्लाको वालिङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ। जाले नेपाली र सेती नेपालीको अबैध सम्बन्ध छ भन्ने हल्ला समेत गाउँघरमा लामो समय देखि चल्दै आएको बुझिएको छ ।