BREAKING NEWS कुस्माको ब्यस्त शिबालयचोकमा दिनदाहाडै छुरा प्रहार, एक युवा घाइते
पर्वत, असोज २२ , पर्वतको सदरमुकाम कुस्माबजारको ब्यस्त शिबालयचोकमा शनिबार दिनदाहाडै छुरा प्रहार हुँदा एक युवा घाइते भएका छन ।
शिबालयचोकमा रहेको संयुक्त यातयातको कार्यालयमा कार्यरत कर्मचारी माथि खुकुरी प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार दिउँसो पौने तीन बजेको समयमा खुकुरी प्रहार हुँदा कुस्मा नगरपालिका – ८ बस्ने अन्दाजी १८ बर्षिय किशोर लामिछाने गम्भीर घाइते भएका छन ।
उनलाई दुई युवा काउन्टरबाट बोलाई केही पर पु¥याएपछि लामिछानेको छातीमा छुरा रोपेका थिए । छुरा प्रहारबाट घाइते भएका लामिछानेलाई पर्वत जिल्ला अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरी निरीक्षक दिपक पातलीले जानकारी दिए । लामिछानेलाई छुरा प्रहार गरेको अभियोगमा पर्वतको लेकफाँट गाबिस – ४ कुवेपानी घर भै कुस्मानगरपालिका ११ खरेहामा बस्दै आएका आकाश पुन र कुस्मा नगरपालिका ८ मा बस्दै आएका सरोज परियारलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
कुस्माबजारमा शुक्रबार राती भएको डिजे डान्स पार्टीमा दुई युवाका बिचमा बिबाद भएको थियो । राती भएको बिबादको रिस फेर्न मुख्यबजार चोकमा नै लामिछाने माथि खुकुरी प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक शेखर खनालले बताए ।