कुस्मामा फेरी अर्को अग्लो झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पाँच मिनेटको दुरीमा मुलुककै सबैभन्दा अग्ला तीन पुल हेर्न सकिने

पर्वत, असोज २२ , img_20161008_063946मुलुककै अग्ला झोलुङ्गे पुल निर्माण भएको पर्वतको सदरमुकाम कुस्मामा फेरी अग्लो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्र संग जोड्न मोदीखोलामा निर्माण भैरहेको १ सय ५५ दशमलब ७० मिटर अग्लो झोलुङ्गेपुल सम्पन्न हुने अवस्थामा पुगेको हो ।
कुस्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुल भन्दा मात्रै ३० सेन्टिमीटर होचो छ । यो पुल अहिले सम्म निर्माण भएका पुल मध्ये सबैभन्दा लामो हुने बताइएको छ। यो पुल ३ सय ५९ मिटर लामो हुने स्थानिय पुर्वाधार तथा कृषि सडक बिभागले जनाएको छ।
kusma-gyadi-jhulungy-pul-parbat-1बिभागले दिएको जानकारी अनुसार कुल १ करोड ७६ लाखको लागतमा निर्माण हुने पुल २०७३ भदौ मसान्त सम्म सक्ने लक्ष्य राखिएकोमा केही समय ढिला भई मंसिर सम्ममा पुर्ण रुपमा सञ्चालनम आउने छ । यसलाई तिहार अगाडी नै सञ्चालनमा ल्याउन सकिने बिश्वासका साथ काम भैरहेको छ । अहिले सम्म सबै लठ्ठा तान्ने काम भएको छ। बाँकी डेक, जाली राख्ने र विनगार्ड कस्ने काम मात्रै बाँकी रहेको ठेकेदार कम्पनी मुक्तिनाथ एण्ड श्री गीता जेभिका प्रोपाईटर ओम गौचनले बताए ।
पर्वतको महत्वपुर्ण कृषि तथा ब्यापारिक केन्द्रको रुपमा रहेको फलेबास सम्म पुग्न अहिले बड्गाउँबाट १ घण्टा पैदल जानुपर्छ भने दोबिल्ला फलेबास सडक मार्फत जाँदा १३ किलोमिटर कच्ची सडकको दुरी पार गर्नुपर्छ । झोलुङ्गे पुल निर्माणपछि कुस्मा देखि मुडिकुवा जाँन १० मिनेट समय लाग्नेछ । यसले त्यस क्षेत्रमा आवतजावत र कृषि उपजको ढुवानीमा सहजता ल्याउने प्रमुख जिल्ला इन्जिनियर मेहन्द्र बानियाँले जानकारी दिए । aaglo-pul
अग्ला झोलुङ्गे पुलको शहर बन्दै गएको कुस्मामा पुल हेर्न आउने आन्तरिक पर्यटकको भिड नै लाग्ने गरेको छ। बागलुङ्गको बलेवा क्षेत्र जोड्नलाई बनेको मुलुककै सबैभन्दा अग्लो कुस्मा–कैया झोलुङ्गे पुलबाट जम्मा १ सय मिटर नजिकै यो पुलको निर्माण थालिएकाले थप पर्यटक भित्र्याउन सहयोग पुग्ने बिश्वास लिइएको छ। कुस्मा –कैया झोलुङ्गे पुल १ सय ५९ मिटर अग्लो र ३ सय ४७ मिटर लामो छ । यी दुई पुल भन्दा १ किलोमिटर माथि ३ सय ४४ मिटर लामो र १ सय ३५ मिटर अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुल समेत निर्माण भएको छ।
कुस्माबजारको बड्गाउँ देखि कैया जोड्ने ३ सय ४४ मिटर लामो र १ सय ५६ मिटर उचाई रहेको उक्त पुल नेपालकै अग्लो पुल हो । यस्तै मुलुकको दोस्रो अग्लो झोलुङ्गे पुल कुश्माज्ञादी झोलुङ्गे पुलको लम्वाई ३ सय ४४ मिटर र उचाई १ सय ३५ मिटर रहेको छ ।
तीन वटा अग्ला पुलहरु पाँचसय मिटरको दुरीमा रहेका छन । यी पुल हेर्नका लागि ठुलो संख्यामा आन्तरिक पर्यटक आइरहेका छन । अझै तीन वटा पुल बनेपछि पर्यटकले घुम्ने र हेर्ने ठाउँ समेत बढ्ने देखिन्छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’