उपचार अभावमा दुईटाउके बालिकाको मृत्यु
रुपन्देही- कपिलवस्तुको गणेशपुर ८ दत्तपुरमा गत बुधबार जन्मिएकी दुईटाउके बालिकाको मृत्यु भएको छ ।
सुबिया पठानको कोखबाट जन्मिएकी दुई टाउके नवशिशु (बालिका) को उपचार अभावमा मृत्यु भएको हो । आर्थिक अभावले उपचार गराउन नसकेपछि शिशुको मृत्यु भएको परिवार बताउँछन् ।
जिल्लामा पहिलो पटक अनौठो शिशु (बालिका) को जन्म भएको थियो । निम्न परिवारमा जन्मिएकी अनौठो बालिकाले समयमा उपचार पाउन नसकेपछि उनको मृत्यु भएको स्थानीय दिनेश चौधरीले जानकारी दिए ।
दुई टाउका भएको शिशु जन्मिएको विभिन्न संचारमाध्यमले सम्प्रेषण÷प्रसारण गरेको खबरले विभिन्न व्यक्ति अनौठो शिशु हेर्न त्यहाँ पुगे । आर्थिक अभावकै कारण छोरीको उपचार गराउन नसकेको जाबेद पठानले दुःखेसो पोखिन् । ‘सम्बन्धित निकायले समेत उपचारमा कुनै चासो देखाएनन्’, उनले गुनासो गरिन् ।