दसैं–तिहारमा बढ्ने स्वास्थ्य समस्या तथा रोग (हेरचाह तथा सावधानी

डा. सुनिल पौडेल

विजया दशमी र दीपावली नेपालीका निम्ति एकदमै महत्वपूर्ण चाडपर्व हुन् । यी महान चाडको आफ्नै महत्व त छ नै । आफन्त, साथीभाइ तथा प्रियजन भेट्ने, आशीर्वाद लिने–दिने तथा खुसी साट्ने महान अवसर पनि हुन् । तर, यी चाडहरू विजया दशमी र दीपावलीसँगै मात्र होइन, अन्य विभिन्न चाडपर्वमा पनि नेपाली समुदायमा खुसीको मात्रै होइन, रोगहरूको पनि ओइरो लाग्ने गरेको छ । हामीले चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा एकदमै लापरबाही गर्ने हुनाले रोग बढेका हुन् । यी पर्वहरूमा वा पर्वपश्चात मुख्यतय निम्न समस्या÷रोग बढेको पाइएको छ ।

हेरचाह तथा सावधानी

औषधी लिइरहेको भए :
१. दसैं होस् या तिहार, चिकित्सकले प्रिस्व्रmाइब गरेका औषधोपचार चाडपर्वमा पनि चलि नै रहनुपर्छ ।
यी पर्वमा थुप्रै औषधी पसल नखोल्ने या नयाँ स्टक नआउने समस्या हुने हुँदा दसैं–तिहार आउनुअघि नै आफूलाई चाहिने औषधी कमसेकम एक महिनाका निम्ति किनेर राख्नु जरूरी हुन्छ ।
– आफ्नो डाक्टरको निजी फोन नं. वा अस्पतालको फोन नं. आदि नोट गर्नुहोस् ।
– आफू टाढा वा कतै बाहिर वा गाउँ जाने भए त्यस ठाउँ नजिकैको स्वास्थ्य केन्द्र, अस्पताल, एम्बुलेन्स कहाँ छ पत्ता लगाउनुस् र त्यहाँको फोन नं. सँगै राख्नुहोस् ।
– चिकित्सकले भनेबमोजिम औषधी तथा खानपिनमा सधंै सावधान रहिरहनुस् ।
२. रोग उपचारका निम्ति गरिने योग, व्यायाम मात्रै होइन, फिटनेसका व्यायाम जस्तै : दौडने, खेल्ने, योग आदि गरि नै रहनुस् ।
दसैं होस् वा तिहार आफ्नो व्यायाममा सधैँै अडिग रहनुस् ।

साथै दसैं–तिहारमा घरटोलमा आयोजित हुने आउटडोर खेलमा भाग लिनुस् वा नभए साथीहरू मिलेर यसको आयोजना गर्नुस् ।
३. प्रशस्त मात्रामा स्वच्छ पानी पिइरहनुस् र पानीको बोतल सधैं साथमै राख्नुहोस् । ग्यास्ट्रिक बढ्ने, युरिक एसिड, पिसाबका समस्या यसले नै रोकथाम गर्छ ।
४. कुनै पनि कार्यमा अति नगर्नुहोस् ।
५. माथि भनिएका चिल्लो खाना, तारेका खाना, अस्वस्थकर प्याकेटका जंकफुड, फास्टफुड, विकृत पारिएका मांसाहार, रातो मासु, मिठाई, मासु, घिउ, रक्सी, नुनिला र मसालेदार खाना आदि प्रति सचेत रहनुस् । यस्ता खाद्य सकेसम्म आफू पनि नखानुस् र अरुलाई पनि नखुवाउनुस् । सबैभन्दा महत्वपूर्ण कुरो हो आनन्द । आनन्दका निम्ति कोचेर अति गरी खानु जरूरी हँुदैन ।
६. धूमपान, मद्यपान वा लागू पदार्थ आदिबाट टाढै रहनुस् । यिनको कुलतमा फसेका साथीभाइबाट बच्नुस् ।
७. खानाको चयन गर्दा सकेसम्म कम क्यालोरीका खाना जस्तै ः सलाद, सागपात, तरकारी, फल, जुस आदि नै चयन गर्नुहोस् ।

 

  •     बढी क्यालोरीका तारे, भुटेका मांसाहार खानासँग सधैं प्रशस्त सलाद, दही, सागपात आदि खाने गर्नुस् ।
  •    सलाद, सुप, तरकारी, साग आदि पदार्थ मुख्य खानाभन्दा अगाडि खानाले अन्य खाना कम खाइन्छ र कम क्यालोरी शरीरमा जान्छ ।
  •   मिठाई बढी नखानुस् ।
  •  मिठाई, जंक फुड जस्तै प्याकेट र बोतलका खाजा र पेय पदार्थ एकदमै कम प्रयोग गरौं । यिनमा भएका विभिन्न केमिकल, अखाद्य पदार्थ, चिल्लो र चिनीले हानि गर्ने कुरा सर्वमान्य तथ्य हो ।
  •  मधुमेहका रोगीले रगतमा सुगरको मात्रा चेक गरिरहनुपर्छ । उच्च रक्तचाप÷मधुमेह÷रक्तनलिका समस्या, कोलेस्ट्रोल बढेका हृदयघात र मस्तिष्कघात भएका रोगीहरूको निम्ति रक्सी, धूमपान र मांसाहार, चिल्लो वा गुलिया भनेको बिष सरह हुने हुनाले एकदमै कम मात्रामा खाने गर्नुपर्छ वा नापेर मात्रै खाने ।
  • अनावश्यक ऋण लिएर खर्च गर्ने, जुवाडे बन्ने, मादक पदार्थ लागू पदार्थको संगतमा लाग्ने, झगडा आदि गर्ने बानीले तनाव बढाउँछ । रोग त बढाउँछ नै । त्यसैले तनाव बढाउने कुनै पनि कारणबाट बच्नुस् ।
  • ढाड–मेरुदण्डमा नसा च्यापिएका बिरामीहरूले बढी बसेर तास खेल्ने वा अन्य खराब पोजिसनमा बस्ने नगर्नुहोस् ।
  • सुरक्षित ठाउँमा मात्रै चंगा उडाउने, पिङ खेल्ने गर्नुस् ।
  • पारिवारिक रूपमा आनन्द लिनुहोस् ।
  • पटाका पड्काउनु गैर कानुनी भए तापनि अलिकति मात्रामा यो भित्री रहने कुरा कसैबाट छिपेको छैन । बच्चा र सजिलै जल्ने कुराबाट यिनलाई सुरक्षित राख्नु नै समझदारी हुन्छ ।
  • सरसफाइमा ध्यान दिनुस् ।
  • घरमा एन्टासिड, दुखाइ कम गर्ने र अन्य औषधीको साथमा फस्र्ट एड किट राख्नुपर्छ ।

    swattha-1संस्कृति र प्रचलित कुसंस्कार

    दसैं–तिहारका आफ्नै आध्यात्मिक महत्व भए पनि हामीले यिनमा आडम्बर, पाखण्ड र कुसंस्कार मिसाएका छौं । यिनको शुद्ध मर्म बिर्सेर अन्धपरम्परामा सीमित गरेका छौं । यिनमध्ये स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने केही यस प्रकार छन् ।
    पञ्चबलि : पञ्चबलिमा राँगो, बोको, कुखुरा, हाँस, परेवा आदि काट्ने होइन कि यसको साँचो अर्थ हो, हामीभित्र रहेका पाँच अहंकार वा मनोवृत्तिको बलि दिने । यी अहंकार वा मनोवृत्तिहरू हुन् :
    – काम
    – क्रोध
    – लोभ
    – मोह
    – ईष्र्या÷द्वैष

    स्वस्थकर रहन हामीले दिनुपर्ने पञ्चबलि हुन :

     

    •   मद्यपान, धूमपान
    •  चिल्लो विकृत खाना, जंकफुड
    •  अत्यधिक तनाव
    •  रातो मासु, विकृत पकाइएका मासु
    •  अल्छीपन र लापरबाही

    यस्तै टीका लगाउनुको पनि आफ्नै आध्यात्मिक अर्थ छ र जमरा दिनुको पनि । जमरा टाउकोमा लाउने होइन कि खाने हो । राम्ररी तयार गरिएको गहुँ,, जौ आदिका जमरालाई ‘पृथ्वीको अमृत’ नामले चिनिन्छ । जमरामा शरीर निर्विषीकरण वा डिटक्स गर्ने, पोषक तत्व प्रदान गर्ने, असाध्य मानिएका रोगसमेत ठीक गर्ने शक्ति भएको अनुसन्धानहरूले प्रमाणित गरिसकेका छन् ।
    यहाँको दसैं–तिहार पनि स्वस्थमय, आनन्दमय र समृद्धिमय बितोस् । यी पर्वमा सबैको उन्नति, सुस्वास्थ्य र प्रगतिको कामना गरौं र कामनाले मात्र पुग्दैन । स्वस्थ खाना खाऔं, खुवाऔं र सुरक्षित रहौं ।swastha-2

    साभार – स्वास्थ्यखबर डट कमबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना