सशस्त्रको उपहार जनतालाई लिंगेपिङ्ग, फुलपाती पनि भित्र्याइयो

पर्वत, असोज २२ , pingदशैमा धेरैले उपहार दिने चलन छ । शसस्त्र प्रहरीले जनतालाई लिंगे पिङ्ग उपहार दिएको छ । शहरबजारमा लिंगेपिङ्ग राख्ने चलन हराउन थालेको बेला पर्वतको सदरमुकाम कुस्माबजार स्थित चण्डिका शसस्त्र प्रहरी गणले सर्बसधारणका लागि लिंगे पिङ्ग राखेको छ ।
दशैमा सर्बसाधरणका लागि उपहारका रुपमा फुलपाती देखि पिङ्ग राखिएको गणले जनाएको छ । बड्गाउँ स्थित गणको बाहिरी भागको खुल्ला चौरमा पिङ्ग राखिएको हो । फुलपाती देखि पुर्णिमा सम्मका लागि पिङ्ग राखिने गणपति शसस्त्र प्रहरी उपरिक्षक सुर्दशनप्रसाद सिलवालले बताए । एक दुई जनाले बजारमा पिङ्ग राख्न ठाउँ तथा आर्थिक कारणले सम्भब नदेखे गएको बर्ष देखि जनतालाई उपहारको रुपमा पिङ्ग राख्न थालेको गणपति गणपति सिलवालको भनाई छ।
दशैंमा सर्बलाई लिंगे पिङ्ग खेल्न मन लाग्छ तर आजकल शहरबजार त के गाउँमा पनि लिङ्गे पिङ्ग राख्न छाडेका छन । शसस्त्रले पिङ्ग बनाएपछि सर्बसाधरणलाई सहज भएको प्रतिक्रिया दिएका छन ।

पर्वतमा पनि फुलपाती भित्र्याइयो ।
img_20161008_100502_1475900811600नवदुर्गाको आज सातौ दिन पर्वतको सदरमुकाम कुस्माबजारमा पनि बिधीबत रुपमा फुलपाती भित्र्याइएको छ ।
पर्वतको शिबालय गाबिसको रोहोटे कोट मन्दिरबाट ल्याइएको फुलपाती बाजागाजा सहित सदरमुकाम कुस्माबजारको बड्गाउँ चौरमा रहेको चण्डिका भगवती मन्दिरमा भित्र्याइएको हो । फुलपाती लिनका लागि शसस्त्र प्रहरीको एक टुकडी रोहोटेकोट सम्म पुगेको थियो । कोटबाट ल्याएको फुलपातीलाई सदरमुकाम कुस्माबजार परिक्रमा गराइएको थियो ।
शसस्त्र प्रहरीले बर्षेनी गणपरिसरमा रहेको चण्डिका भगवती मन्दिरमा फुलपाती भित्र्याउँदै आएको र यसमा सर्बसाधरणको समेत सहभागीता रहेको गणपति शसस्त्र प्रहरी उपरिक्षक सुर्दशन सिलवालले बताए ।
समाप्त

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’